Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

संयुक्त विद्यार्थी सङ्गठनद्धारा सभामुखलाई ध्यानाकर्षण



९ कात्तिक, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान माग गर्दै सभामुख ओनसरी घर्तीलाई सोमबार ध्यानाकर्षण गराएको छ ।

विभिन्न १३ विद्यार्थी सङ्गठनले संयुक्त रुपमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गई सभामुख घर्तीलाई ध्यानाकर्षण गराएको हो ।

उक्त पत्रमा संवैधानिक निकायको प्रमुखको जिम्मेवारीमा रहेका कार्कीले शृङ्खलाबद्ध रुपमा संविधान, कानुन र विधिको पालना नगरेको उल्लेख गरिएको छ । त्यसैगरी मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब किनारा लगाउन माग गरिएको छ ।

सो पत्र बुझेपछि सभामुख घर्तीले जनताको सार्वभौम अधिकारलाई प्रयोग गर्ने संसद्मा दर्ता भइसकेको प्रस्तावलाई विधि र प्रक्रियाका माध्यमबाट अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रपा नेपाल निकट राप्रविसं लगायत १३ वटा विद्यार्थी सङ्गठन सहभागी छन् । अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो विषयमा जनप्रतिनिधिलाई दबाब सिर्जना गर्न विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।

यसअघि सो सङ्गठनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ