back
CTIZAN AD

संयुक्त विद्यार्थी सङ्गठनद्धारा सभामुखलाई ध्यानाकर्षण

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1K 

shares

९ कात्तिक, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान माग गर्दै सभामुख ओनसरी घर्तीलाई सोमबार ध्यानाकर्षण गराएको छ ।

विभिन्न १३ विद्यार्थी सङ्गठनले संयुक्त रुपमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गई सभामुख घर्तीलाई ध्यानाकर्षण गराएको हो ।

उक्त पत्रमा संवैधानिक निकायको प्रमुखको जिम्मेवारीमा रहेका कार्कीले शृङ्खलाबद्ध रुपमा संविधान, कानुन र विधिको पालना नगरेको उल्लेख गरिएको छ । त्यसैगरी मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब किनारा लगाउन माग गरिएको छ ।

सो पत्र बुझेपछि सभामुख घर्तीले जनताको सार्वभौम अधिकारलाई प्रयोग गर्ने संसद्मा दर्ता भइसकेको प्रस्तावलाई विधि र प्रक्रियाका माध्यमबाट अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रपा नेपाल निकट राप्रविसं लगायत १३ वटा विद्यार्थी सङ्गठन सहभागी छन् । अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो विषयमा जनप्रतिनिधिलाई दबाब सिर्जना गर्न विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।

यसअघि सो सङ्गठनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:४५ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...