Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

ट्र्याक्टर चालकमाथि कारबाही



 ९ कात्तिक,लहान । जिल्ला वन कार्यालय लहानले चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालकमाथि कारबाही गरेको छ ।

सिरहा जिल्लास्थित चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्र्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख शिलानाथ झाले जानकारी दिनुभयो ।

चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार बढेपछि वन कार्यालयले नियमित रुपमा गस्ती बढाएको हो । वन कर्मचारीले गस्ती बढाएयता गत असोज १२ गतेदेखि हालसम्ममा नौ ट्र्याक्टर र चालकलाई कारबाही गरिएको प्रमुख झाले बताउनुभयो ।

पक्राउ गरिएका ट्र्याक्टर र चालकलाई पहिलो पटकका लागि कारबाहीस्वरुप धरौटी तिराएर तारेखमा छाडिएको बताइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम