९ कात्तिक,भोजपुर । भोजपुरबाट विराटनगर र काठमाडौँ जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ ।
भोजपुरदेखि काठमाडाँै र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।
टिकटका लागि अहिले नेपाल वायु सेवा निगमको कार्यालय अगाडिको भित्तासमेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कात्तिक २७ गतेसम्मका लागि टिकटको नामावली टाँस गरिएको छ ।
भोजपुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमबार, मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँमा चारवटा र सोमबार, मङ्गलबार, बिहीबार विराटनगरका लागि तीन उडान भर्दै आएकोे प्रमुख पुरीले बताउनुभयोे ।
यता निजी उडान गर्दे आइरहेको तारा एयरलाइन्सको जहाजले भने बिहीबार काठमाडौँ भोजपुरमा एक उडान गदैँ आएको छ । रासस
वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०६:०८ मा प्रकाशित