back
CTIZAN AD

कृषक र पत्रकार पुरस्कृत

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.6K 

shares

 ९ कात्तिक,धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ ।

जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा कार्यालयले स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रजिअ विश्वप्रकाश सुवेदीले नगद पुरस्कारसहित प्रशंसापत्र, सम्मानपत्र र कदरपत्र प्रदान गर्नुभयो ।

रु १० हजार राशिको पुरस्कार र सम्मानपत्रद्वारा नलाङ–१ का कृषक केशव अर्याल, कुम्पुर–३ का दीपक श्रेष्ठ र बेनीघाट–१ का अर्जुन त्रिपाठीलाई उष्कृष्ट राष्ट्रिय कृषक सम्मानबाट पुरस्कृत गरियो ।

त्यस्तै कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पु¥याए बापत ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडीलाई रु तीन हजार पुरस्कारसहित कदरपत्रद्वारा र विश्व खाद्य दिवसको नारा ‘भइरहेछ जलवायु परिवर्तन गर्नु छ खाद्य र कृषिमा अनुकूलन’ मा आधारित अन्तरमावि निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना पाउने चार छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो ।

निबन्ध प्रतियोगितामा बागेश्वरी मावि बेनीघाटका नवीनकुमार त्रिपाठी प्रथम भएका थिए । कार्यक्रममा धान, मकै र गहुँ बाली उत्पादक उत्कृष्ट कृषक १२ जनालाई र कृषि क्षेत्रका अगुवा कृषकमध्येबाट तरकारी, माछापालन, गाई, बङ्गुर, बाख्रापालन, सुन्तलाखेती घाँसको बीउ उत्पादक १० कृषकलाई पनि सम्मानपत्रका साथ पुरस्कृत गरिएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०६:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...