Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

कृषक र पत्रकार पुरस्कृत



 ९ कात्तिक,धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ ।

जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा कार्यालयले स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रजिअ विश्वप्रकाश सुवेदीले नगद पुरस्कारसहित प्रशंसापत्र, सम्मानपत्र र कदरपत्र प्रदान गर्नुभयो ।

रु १० हजार राशिको पुरस्कार र सम्मानपत्रद्वारा नलाङ–१ का कृषक केशव अर्याल, कुम्पुर–३ का दीपक श्रेष्ठ र बेनीघाट–१ का अर्जुन त्रिपाठीलाई उष्कृष्ट राष्ट्रिय कृषक सम्मानबाट पुरस्कृत गरियो ।

त्यस्तै कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पु¥याए बापत ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडीलाई रु तीन हजार पुरस्कारसहित कदरपत्रद्वारा र विश्व खाद्य दिवसको नारा ‘भइरहेछ जलवायु परिवर्तन गर्नु छ खाद्य र कृषिमा अनुकूलन’ मा आधारित अन्तरमावि निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना पाउने चार छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो ।

निबन्ध प्रतियोगितामा बागेश्वरी मावि बेनीघाटका नवीनकुमार त्रिपाठी प्रथम भएका थिए । कार्यक्रममा धान, मकै र गहुँ बाली उत्पादक उत्कृष्ट कृषक १२ जनालाई र कृषि क्षेत्रका अगुवा कृषकमध्येबाट तरकारी, माछापालन, गाई, बङ्गुर, बाख्रापालन, सुन्तलाखेती घाँसको बीउ उत्पादक १० कृषकलाई पनि सम्मानपत्रका साथ पुरस्कृत गरिएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम