back
CTIZAN AD

एक पराया पीडा

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

2.4K 

shares

laxmi-rumba

हेर यी झर्झर बलेका मेरा आँखाहरु
आँखाभरि जलेका मनहरु
जरुर चिन्नेछौ मलाई
समयले निलेको
तिमीलाई नै उभ्याउन
सयौंचोटी लडेकोे जिन्दगी मेरै हो

कुनै बेला हुत्याएर आफैभन्दा कोशौं टाढा पुर्याएथ्यौ
तिमीलाई मान्छेजस्तो नलाग्ने त्यो मान्छे
म आज
तिमीसगै पुरानो हिसाबकिताब मिलाउन
हजारौ माइलको यात्राबाट फर्किएको छु ।

हेक्का छैन कतिचोटी तप तप
चुहियो राष्ट्रियता मेरो निधारबाट ?
र मैतिर फर्केर अट्टहास हाँस्यो
समयको धारले कतिपल्ट भएँ ?
तीखो नजरको हाँस्यपात्र
तर मै हँु आफ्नै देशको क्यानभासबाट
पखालिएकोे वेनामी रंग
मेरै हुन् चिरा चिरा मुटु छेडिरहने सपनाका धर्साहरु
तिम्रै कारण पातले खेतमा खसेको अबला जून हुँ
युगौं बन्धकमा राखिएको घाम हुँ ।

वान्की परेका पहाडी थुम्काहरु
दज्र्यु र लुङ्दरसंगै आत्मीय लाग्ने यो हावा
केस्रा केस्रा जीवन गाँसिएको माटो
लाहछाप लाएझैं कसरी हुनसक्छ तिम्रो मात्रै
तिम्रो ऐयासीको चारपाङ्ग्रे बोक्दा बोक्दा
उहिले मरेर मासुको संवेदना
अब दुःख्न छोडेको छ यो काँध
तिम्रै पहरेदारी गर्दा गर्दा स्तम्भ भएर
गल्न छोडेका छन् यी खुट्टाहरु
अब चाहिन्न तिम्रो एकचिम्टी आदर्श
थाप्नुछैन तिम्रो एक अंजुली उज्यालो
सास्ती, सास्ती अनि सास्तीमा उल्था भएर
जन्मिसकेको छ मभित्र एउटा जब्बर मान्छे !

अब !
अब,
आफ्नै पुर्खाको विरासतमा उभिएर
फेर्नुछ निर्धक्क वसन्तप्रिय श्वास
र वेफिक्री नाच्नुछ डम्फुको तालसंगै
समयका प्रत्येक अध्यायमा
सधैसधै पराइ माटोबाट इन्फेक्टेड तिमीलाई
हृदयको धुनहरुबाट उखेल्छु
निर्मम खसाल्छु आँखामा उर्लिएको समुद्रबाट
तुफानी वेगमाझ
मस्तिष्कभरी गढेको बर्षौदेखिको नीलडाम
अर्थात यसरी फुट्छ कि परमाणु बम
अब ध्वस्त हुन्छ तिम्रो अहंको पर्खाल !

ए अप्रिय मान्छे !
आज सवैभन्दा वढी तिम्रै माया या त
दया लागिरहेछ दया !
युगौदेखि रापिएको मन
जवसम्म धित मर्दैन
फुट्दैन म उभिएकै ठाउँ अर्को मूल
यसरी नै म आगोको लप्का फलाकिरहनेछु ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०६:१५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...