back

दोहोरो सुविधा लिएर ठगी गर्ने उद्योगका पूर्व कर्मचारी पक्राउ

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

603 

shares
GLOBAL IME AD
NTC AD

९ कात्तिक,गाईघाट (उदयपुर)। उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् ।

डेढ वर्षअघि नै सो उद्योगबाट रु १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा नगरपालिका–११ जलजले बस्ने ६१ वर्षीय शमशेरबहादुर तामाङले उद्योग प्रशासनलाई झुक्याएर नागरिक हितकोषबाट पुनः रु १२ लाख लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले तामाङलाई पक्राउ गरेर ठगीसम्मन्धी दर्ता गरेकोे छ ।
सो उद्योगका प्रवन्धक सुरेन्द्र पौडेल भन्नुहुन्छ – “आफू नै प्रवन्धक भएको बेला यो कार्य यस्तो कार्य भएकामा छानबिन भइरहेको छ ।”
तामाङले अवकाशसँगै आफूले पाउन पर्ने सेवा सुविधा सबै लिएर पनि फेरि पाएको छैन भनेर पुनः रु १२ लाख लिएर ठगी गर्नुको पछाडि उद्योगकै कर्मचारीको मिलेमतो हुनसक्ने अन्य कर्मचारीको धारणा छ ।

तामाङकी श्रीमती राजकुमारी तामाङले आफूले रु १२ लाख फर्काउन तयार भएपनि प्रहरीले जबर्जस्ती कारबाही अगाडि बढाएको बताइन् । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०६:३५ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...