
९ कात्तिक, काठमाण्डौं । नेपाल पत्रकार महासंघ र अमेरिकामा क्रियाशिल संस्था मदरल्याण्ड नेपालबीच अक्षय कोष खडा गर्न आपसी समझदारी भएको छ । नेपालमा पत्रकारिताको व्यवसायिक विकासमा टेवा पु¥याउने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
१० लाख नेपाली रुपैयाँ बराबरको उक्त अक्षय कोषको समझदारीमा नेपालका तर्फबाट पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र मदरल्याण्ड नेपालको तर्फबाट अनिल पाण्डेले हस्ताक्षर गरेका हुन् ।
Fnj Motherland Nepal journalism Trust नाम दिइएको उक्त कोषको संचालनको लागि नेपाल पत्रकार महासंघको संयोजनमा मदरल्याण्ड नेपालका प्रतिनिधि र विषय विज्ञसहितको एक संचालक समिति गठन गरिने पनि समझदारी भएको छ ।
साथै कोषबाट प्राप्त हुने व्याजले तत्काललाई पत्रपत्रिका,रेडियो, टेलिभिजन वा अनलाइनमा प्रकाशित लैङिगिक समानता हासिल गर्न, समाजलाई अभिप्रेरत गर्ने खोजपूर्ण, पुरुष सहभागिता प्रोत्साहन, पैरवीयुक्त र प्रभावसाली समाचार, आलेख तथा पैरवी पत्रकारिताका लागि अक्षयकोष संचालक समिति द्धारा गठित मूल्याङकन समितिको मूल्याङ्कनका आधारमा एक राष्ट्रिय तह र एक प्रदेश तहको लैङ्कि सन्तुलन मिलाएर ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । कोषको विस्तारसँगै आपसी सहमतिमा यसको क्षेत्र विस्तार गर्दै लगिने जनाईएको छ ।