back
CTIZAN AD

पत्रकार महासंघ र मदरल्याण्डबीच १० लाखको अक्षयकोषमा समझदारी

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1K 

shares

14804976_10155926650753973_249961638_n

९ कात्तिक, काठमाण्डौं । नेपाल पत्रकार महासंघ र अमेरिकामा क्रियाशिल संस्था मदरल्याण्ड नेपालबीच अक्षय कोष खडा गर्न आपसी समझदारी भएको छ । नेपालमा पत्रकारिताको व्यवसायिक विकासमा टेवा पु¥याउने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
१० लाख नेपाली रुपैयाँ बराबरको उक्त अक्षय कोषको समझदारीमा नेपालका तर्फबाट पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र मदरल्याण्ड नेपालको तर्फबाट अनिल पाण्डेले हस्ताक्षर गरेका हुन् ।
Fnj Motherland Nepal journalism Trust  नाम दिइएको उक्त कोषको संचालनको लागि नेपाल पत्रकार महासंघको संयोजनमा मदरल्याण्ड नेपालका प्रतिनिधि र विषय विज्ञसहितको एक संचालक समिति गठन गरिने पनि समझदारी भएको छ ।
साथै कोषबाट प्राप्त हुने व्याजले तत्काललाई पत्रपत्रिका,रेडियो, टेलिभिजन वा अनलाइनमा प्रकाशित लैङिगिक समानता हासिल गर्न, समाजलाई अभिप्रेरत गर्ने खोजपूर्ण, पुरुष सहभागिता प्रोत्साहन, पैरवीयुक्त र प्रभावसाली समाचार, आलेख तथा पैरवी पत्रकारिताका लागि अक्षयकोष संचालक समिति द्धारा गठित मूल्याङकन समितिको मूल्याङ्कनका आधारमा एक राष्ट्रिय तह र एक प्रदेश तहको लैङ्कि सन्तुलन मिलाएर ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । कोषको विस्तारसँगै आपसी सहमतिमा यसको क्षेत्र विस्तार गर्दै लगिने जनाईएको छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०७:०५ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...