Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

गाईंभैसी जस्तै कराएर हिंड्न मिलेन



ramhari-khatiwda

नेपाली काँग्रेसको महाधिवेशनले देश नै तरंगित भइरहेको बेला काँग्रेसका नेता तथा कार्यकर्ता यसबाट जोगिने कुरै भएन । अझ काँग्रेसवृत्त भित्र जुझारु र बौद्धिक नेताको छवि बनाएका ओखलढुंगे सांसद् रामहरि खतिवडा काँग्रेसको यस महाकुम्भबाट टाढा हुने विषय सोच्न पनि सकिँदैन । त्यसमाथि माघ फागुनमा बिहेको मौसमसँगै परेको काँग्रेस महाधिवेशनले छपक्कै छोपिएका छन्, ‘दुई बीस तीनको’ उमेरमा पुगेर पनि अविवाहित नै रहेका खतिवडा ।

साथी संगीहरूका छोराछोरीकै बिहेको जन्ती जानेबेलासम्म आफ्नै जन्ती जान नपाएका खतिवडा आसन्न महाधिवेशनबाट नेपाली काँग्रेसको केन्द्रीय सदस्यका प्रत्यासीका साथै एक सुशील कन्याको जीवनका साथी बन्ने सोंचमा समेत छन् । जीवनका ४३ वर्ष एक्लै बिताएका खतिवडालाई एक्लो जीवन नीरस र नरमाइलो लाग्दै जान थालेको छ । त्यसैले उनी भन्छन् ‘अब साथीहरूका सन्तानका जन्ती जाने बेला भएपनि एकपटक त आफ्नै जन्ती जान पाए हुन्थ्यो ।’

महाधिवेशन तयारी स्वरुप जिल्ला दौडाहामा लागिरहेका खतिवडा महाधिवेशनबाट कांग्रेस नेतृत्वमा स्थापित हुने अपेक्षामा छन् । त्यत्ति नै बेला कसैको मन मुटुमा पनि राज गर्ने आशामा समेत देखिन्छन्, खतिवडा । उनी भन्छन् ‘यो उमेरमा गाईभैंसी जस्तै कराएर हिंड्न मिलेन ।’

राजनीति बुझ्ने तर सक्रिय नहुने सुशील कन्या पाए महाधिवेशन अगाडी नै बेहुलो बन्न पनि तयार छन् खतिवडा । महाधिवेशनको दौडाहाले थाकेका उनले थोरै श्रृङगारिक हुँदै भने, ‘दुई मन मिले त्यो दिन खासै टाढा छैन ।
पछिल्लो समय साथीभाइले बढी जिस्काउन थालेपछि उनलाई पनि गरुँ गरुँ लाग्न थालेको हो । समकालिन सांसदहरूमध्ये कसैका दुइटी कसैका एउटी पनि नहुने भन्दै साथीहरूले जिस्क्याउने गरेको उनको अनुभव छ । त्यसो भए कस्ती चाहन्छन् त उनी आफ्नो मनकी रानी ? जिज्ञासा भुईंमा खस्न नपाउँदै उनी भन्छन् ‘नरिसाउने, कार्यकर्तालाई सम्मान गर्ने र बाबुआमाको सेवा गर्ने भए पुग्छ ।’ पढाइ ? त्यो त सामान्य लेखपढ जान्ने जीवनभरी साथदिने भए पुग्छ त्यहाँँ भन्दा बढी मेरो अपेक्षा छैन् ।

(कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा ऐक्यबद्धता मासिक पत्रिकाले खतिवडासँग लिएको कुराकानीको केही अंश)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ