back
CTIZAN AD

सिरहाका जनतालाई सम्बोधन गर्न छिटै आउनेछु -प्रधानमन्त्री

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1K 

shares

dsc0010

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाका जनतालाई सम्बोधन गर्न आफू छिटै सिरहा आउने बताउनु भएको छ ।
जिल्लाका विकास निर्माण र जनचासोका विषयहरु लिएर आएको सिरहाको सर्वदलीय एवं सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले छिटै सिरहा आउने बताउनु भएको हो । प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘म प्रधानमन्त्री भएपछि उपत्यका बाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । सिरहाका जनता उर्लेर आएको मैले जानकारी पाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ, मलाई पनि निकै नमीठो लागेको छ । अब समय लिएर छिटै सिरहाका जनता भेट्न आउनेछु ।’
भेटमा प्रधानमन्त्रीले आफूले निर्वाचनका बेला सिरहामा गरेको बाचा नभूलेको भन्दै सिरहाको विकास, निर्माणका लागि सरकारको तर्फबाट सम्भव सहयोग हुने बताउनुभयो । प्रधानमन्त्रीले कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानी लगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
भेटमा सिरहाको प्रतिनिधि मण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्ग लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०९:५१ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...