back

सिरहाका जनतालाई सम्बोधन गर्न छिटै आउनेछु -प्रधानमन्त्री

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

621 

shares
IME Limited
NTC AD

dsc0010

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाका जनतालाई सम्बोधन गर्न आफू छिटै सिरहा आउने बताउनु भएको छ ।
जिल्लाका विकास निर्माण र जनचासोका विषयहरु लिएर आएको सिरहाको सर्वदलीय एवं सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले छिटै सिरहा आउने बताउनु भएको हो । प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘म प्रधानमन्त्री भएपछि उपत्यका बाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । सिरहाका जनता उर्लेर आएको मैले जानकारी पाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ, मलाई पनि निकै नमीठो लागेको छ । अब समय लिएर छिटै सिरहाका जनता भेट्न आउनेछु ।’
भेटमा प्रधानमन्त्रीले आफूले निर्वाचनका बेला सिरहामा गरेको बाचा नभूलेको भन्दै सिरहाको विकास, निर्माणका लागि सरकारको तर्फबाट सम्भव सहयोग हुने बताउनुभयो । प्रधानमन्त्रीले कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानी लगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
भेटमा सिरहाको प्रतिनिधि मण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्ग लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०९:५१ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...