back
CTIZAN AD

सिसा(लिड)को विकल्प खोज्न माग

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.4K 

shares

 ९ कात्तिक,काठमाडौँ । सिसा (लिड) को विषबाट बर्सेनि विश्वमा आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ ।

धातुमा खिया लाग्न नदिन तथा रङ्गलाई बढी चम्किलो बनाउन प्रयोग हुने वस्तुलाई लिड भनिन्छ । इनामेल, प्राइमर, तथा खनिज पदार्थमा सो वस्तु पाइन्छ ।

‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ सप्ताहअन्तर्गत स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, वातावरण प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा आज आयोजित कार्यक्रममा लिडको प्रयोगले छाला, हृदयघात तथा रगतजन्य रोग लाग्ने हुँदा यसको उपयोग न्यूनीकरण गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. सुदन पन्थीले सो वस्तु दीर्घकालसम्म शरीरमा सञ्चित भई विभिन्न खालको विष उत्पादनमा सहयोग गर्ने बताउँदै शरीरका विभिन्न प्रक्रिया स्नायु प्रणाली, रक्तकोसका, स्वासप्रणाली, पाचन प्रणाली, मस्तिस्कघातलगायत रोग लाग्ने खतरा रहेकाले प्रयोग न्यूनीकरण गरी विकल्प खोज्नुपर्ने बताउनुभयो ।

ग्रील व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले मानव हानिकारक वस्तु तथा रसायनले स्वास्थ्य एवम् वातावरणमा समेत नराम्रो असर पार्ने हुँदा यसको आयातलाई प्रतिबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

वातावरण प्रवद्र्धन केन्दका कार्यकारी निर्देशक रामचरित साहले लेडयुक्त रङ्ग तथा अन्य वस्तु उन्मूलनका लागि विश्वव्यापी सञ्जालको अभियान अन्तर्गत अन्तर्राष्ट्रिय रुपमा सन् २०२० सम्म लेडयुक्त रङ्ग उन्मूलन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

नेपालमा चार वर्षदेखि प्रत्येक वर्ष अक्टोबर २३ देखि २९ सम्म ‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ दिवस मनाइन थालिएको छ । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०८:३८ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...