back

सिसा(लिड)को विकल्प खोज्न माग

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

939 

shares
IME Limited
NTC AD

 ९ कात्तिक,काठमाडौँ । सिसा (लिड) को विषबाट बर्सेनि विश्वमा आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ ।

धातुमा खिया लाग्न नदिन तथा रङ्गलाई बढी चम्किलो बनाउन प्रयोग हुने वस्तुलाई लिड भनिन्छ । इनामेल, प्राइमर, तथा खनिज पदार्थमा सो वस्तु पाइन्छ ।

‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ सप्ताहअन्तर्गत स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, वातावरण प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा आज आयोजित कार्यक्रममा लिडको प्रयोगले छाला, हृदयघात तथा रगतजन्य रोग लाग्ने हुँदा यसको उपयोग न्यूनीकरण गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. सुदन पन्थीले सो वस्तु दीर्घकालसम्म शरीरमा सञ्चित भई विभिन्न खालको विष उत्पादनमा सहयोग गर्ने बताउँदै शरीरका विभिन्न प्रक्रिया स्नायु प्रणाली, रक्तकोसका, स्वासप्रणाली, पाचन प्रणाली, मस्तिस्कघातलगायत रोग लाग्ने खतरा रहेकाले प्रयोग न्यूनीकरण गरी विकल्प खोज्नुपर्ने बताउनुभयो ।

ग्रील व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले मानव हानिकारक वस्तु तथा रसायनले स्वास्थ्य एवम् वातावरणमा समेत नराम्रो असर पार्ने हुँदा यसको आयातलाई प्रतिबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

वातावरण प्रवद्र्धन केन्दका कार्यकारी निर्देशक रामचरित साहले लेडयुक्त रङ्ग तथा अन्य वस्तु उन्मूलनका लागि विश्वव्यापी सञ्जालको अभियान अन्तर्गत अन्तर्राष्ट्रिय रुपमा सन् २०२० सम्म लेडयुक्त रङ्ग उन्मूलन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

नेपालमा चार वर्षदेखि प्रत्येक वर्ष अक्टोबर २३ देखि २९ सम्म ‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ दिवस मनाइन थालिएको छ । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०८:३८ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...