back
CTIZAN AD

अमेरिकाका नेपालीसँग शहरी विकास मन्त्रीले भने – म हिन्दु राज्यको विपक्षमा छु

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

918 

shares

janasamparka-samiti-usa-with-arjun-kc-21
अमेरिकाका नेपाली बीच नेपाल सरकारका शहरी विकास मन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफू सँधै धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

अक्टोर २३,  आईतबारका दिन नेपाली जनसंपर्क समिति न्यूईग्ल्याण्ड च्याप्टर वोस्टन अमेरीकाले बडा दशैं, दीपावली रछठ पर्वको अवसर आयोजना गरेको  अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि रहेका उनले उक्त भनाई व्यक्त गरेका हुन् । उनले आफू हिन्दु भएता पनि जहिल्यै हिन्दु राज्य र जातीय राज्यको विपक्षमा आवाज उठाउँदै आएको र सधैं धार्मीक स्वतन्त्राको पक्षमा वकालत  गरेको कुरा वताएका थिए ।

आधुनिक शहर विकासको लागि आफुले केहि गरी छोड्ने कुरा राख्दै मन्त्री केसीले त्यसका लागि उत्तम  विवेक जरूरी भएको कुरा राखेका थिए ।   मन्तव्यको क्रममा प्रमुख अथिती  शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले प्रवासमा वस्ने नेपालीलाई सरकारले अवैधानिक दुतको रूपमा हेरेकोले उनिहरूलाई सम्पुर्ण रूपमा कसरी नेपालको  समग्र विकास संग जोड्ने भन्ने नै सरकारी निति भएको कुरा वताएका थिए ।
janasamparka-samiti-usa-with-arjun-kc-1

स्थानीय हिमालयन हेरीटेज नेपाली कल्चर एकेडेमी वोस्टन म्यासेच्युसेटको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रीजाल, सांसद महेन्द्रकुमारी सुव्वा, नेपाली जनसंपर्क समिति अमेरीकाका सभापति आनन्द बिष्ट, महासचिव मुनिन्द्रनेम्बाङ लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको उल्लेखनीय उपस्थिती रहेको थियो ।

संविधान जीवन्त दस्तावेजभएकोले समय र आवश्यकता अनुसार यसलाई संशोधन गर्न सकिन्ने कुरा वताउँदै मन्त्री केसीलेअव सबै मिलेर कार्यान्वयन तिर लाग्नु पर्नेमा जोड दिएका थिए । जनसंपर्क समिति अमेरीकामा देखिएको विवादलाई  दुवै पक्षले लचिलो भएर मिलाउँन आग्रह गर्दै काँग्रेस नेता केसीले संगठनका हितका खातिर नेतृत्व अझ बडि झुक्नु पर्ने कुरा राखेका थिए ।

अथितीको रूपमा बोल्दै केन्द्रीय सदस्य रमेश रीजालले जनसंपर्क समिति अमेरीकामा देखिएको विवादलाई मिलाउँन पार्टीले आफुलाई जिम्मेवारी दिएको हुनाले दुवै पक्ष संग गहन छलफल गरी विवादलाई  जसरी भएपनि मिलाई छोड्ने दाबी गरेका थिए ।  विवादले सिंगो संगठनलाई ध्वस्त पार्ने भएको हुनाले संगठनका सभापति र महासचिवलाई मिलेर संस्था हाँक्न केन्द्रीय सदस्य रीजालले संकेत दिएका थिए । अथिती सांसद महेन्द्र कुमारी सुव्वाले  संगठनका हितका लागि प्रवासमा जुधेर होईन मिलेर जान नेतृत्वलाई सुझाव दिएका थिए ।

सभापति आनन्द बिष्टले समाजिक संन्जालमा आएको जस्तो भुकम्पको राहत रकम  एक पेनि पनि हिनामिना  र अपचलन नभएको कुरा बताउँदै, ५०१ सी गरे पछि बाँकी राहत रकम पार्टीको खातामा पठाईने कुरा बताएका थिए । जितलाई स्विकार्न नसकेका कारण संगठनमा नियोजित ढंगले केहि व्यक्तिहरूले विवाद झिकेको कुरा राख्दै सभापति बिष्टले अब चाँडै संगठनले एकताको गति लिने कुरा बताएका थिए ।

महासचिव मुनिन्द्र नेम्बाङले पार्टीले जनसंपर्क समितिलाई अब निस्चित प्रायोजनका निमित्त उपयोग गर्नुपर्ने कुरा उठाउँदै , संसार भरीका जनसंपर्क समितिहरूको विधानमा एकरूपता ल्याई पार्टीको लिगेसी राखेमा संगठनमा कम विवाद आउँने कुरा बताएका थिए । यतिवेला काँग्रेस लोकमानको पक्षमा होईन, लोकको पक्षमा उभिन्नका लागि  समेत महासचिव नेम्बाङले नेताहरूलाई  आग्रह गरेका थिए ।
अन्य वक्ताहरूमा नेपाली जनसंपर्क समिति अमेरिकाका सल्लाहकार बिजय शर्मा, केन्द्रीयसदस्य लोक लामा, मान्ती शाह, माया कडायत,  रोड आईल्याण्ड च्याप्टरका सभापति सरीता ओली, कनेटिकट च्याप्टरका सभापति यादव दुलाल, एनआरएन अमेरीकाका उपाध्यक्ष रविना थापा लगायत थिए ।
नेपाली जनसंपर्क समिति न्यूईग्ल्याण्ड  च्याप्टर वोस्टनको  सभापति ध्रुव घिमिरेको सभापतित्वमा  भएको उक्त कार्यक्रमको पहिलो सेशनको संचालन च्याप्टरका सचिव हरी प्रियाले गरेकी थिईन भने दोस्रोमा महेश्वर पन्तले संचालन गरेका थिए ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०८:११ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...