Logo
९ आश्विन २०७९, आईतवार
     Sun Sep 25 2022
E-paper
  English Edition
   Unicode
Logo

विस्फोटमा १४ को मृत्यु, १४७ घाइते



९ कात्तिक,चीन । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने सान्सीमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी १४ को मृत्यु भएको छ भने, १४७ जना घाइते भएका छन् ।

फुगु राज्यको छिङमिन शहरमा निर्माणाधिन घरहरुलाई लक्ष्यगरी स्थानीय समयाअनुसार मध्याह्न २ बजे सो विस्फोट भएको थियो ।

घाइतेहरु मध्ये १०६ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४१ जना उपचारपछि घर फर्किएको मङ्गलबार जनाइएको छ । मङ्गलबार विहान मात्रै उद्धार कार्य सकिएको थियो ।

आवासका लागि घर बनाईरहेका ठाउँमा बम विस्फोट भएको हो । विस्फोटबाट ५८ वटा घर र ६३ वटा कार ध्वस्त भएको छ । ती घरहरु स्थानीय गाँउलेहरुले नै बनाएका थिए ।

घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । रासस÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपतिको बारेमा विभिन्न खालका अड्कलबाजी भएका छन्

काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको