back
CTIZAN AD

पाकिस्तानमा आतङककारी आक्रमणमा ६० को मृत्यु

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1K 

shares

९ कात्तिक,इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा सोमबार राति इस्लामिक स्टेट आतङ्ककारी समूहले एक प्रहरी तालिम केन्द्रमा गरेको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ६० व्यक्तिकोे मृत्यु भएको छ ।

यस आक्रमणमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

सिन्ह्वा समाचार समितिले भने यस आक्रमणमा परी ११७ जना घाइते भएका स्थानीय सञ्चार माध्यमहरुले मङगलबार जनाएको जानकारी दिएको छ ।

जिहादी समूहले यस वर्ष गरेको आक्रमणहरुमा यो एक भीषण आक्रमण भएको बताएको छ ।
विष्फोटनका कारण ज्यान गुमाउनेमा अधिकांश प्रशिक्षार्थी प्रहरी रहेका बताइएको छ । सो तालिम केन्द्रमा आक्रमण गर्ने तीन जना बन्दुकधारी पाकिस्तानी तालिवान समूहसँग आवद्ध रहेको बताइएको छ ।

सो तालिम केन्द्रमा करिब ७ सय प्रहरी सुतिरहको अवस्था उक्त आक्रमण भएको थियो ।

प्रान्तीय राजधानी क्वेटाबाट करिब २० किलोमिटर पूर्वमा रहेको ‘बलुचिस्तान पुलिस कलेज’ मा सोमबार राति स्नाथीय समयानुसार करिब ११ बजे सो आक्रमण भएको बताइएको छ । बन्दुकधारीहरु कैयौ घण्टासम्म आक्रमण गरेको समाचारमा जनाइएको छ ।

दोहोरो भिडन्त झण्डै चार घण्टा चलेको सरकारी सुरक्षा अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार, घटनामा परी तीन जना आतङ्ककारीहरु पनि मारिएका छन् ।

घटना भएको पुष्टी गरेपनि यति ठुलो संख्यामा मानवीय क्षति भएको समाचारको अहिले सम्म आधिकारीक निकायले पुष्टी गरेको छैन । प्राप्त समाचारहरुमा घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको जनाइएको छ ।

प्रत्यक्षदर्शी प्रशिक्षार्थी एक प्रहरीले भने, “हामी हाम्रो कोठामा सुतिहरेका थियौं, जव हामीले गोली प्रहार भएको आवाज सुन्यौं, तव हामी हड्बडाएर वाहिर दौडियौं, त्यो बेला दुई जना आतङककारीले अर्को कोठमा गोली प्रहार गरिरहेको मैले देखेँ । त्यसपछि म तत्काल होस्टेलको छतमा पुगेर वाहिर निस्कने व्यवस्था मिलाएँ ।”

घटनापछि स्थानीय प्रशासनले क्वेटामा संकटकााल घोषणा गरेको छ भने रक्तदान गर्न आम नागरिकलाई आह्वान गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आक्रमणकारीहरुले राज्यलाई जित्न नसक्ने दावी गर्दै द्वन्द्वलाई तार्किक निष्कर्षमा पु¥याउन चाहेको बताउनु भएको छ ।

यसअघि सोमबार क्वेटाको दक्षिणमा रहेको सुराबमा दुई जना भञ्सार अधिकृतहरुको गोली हानी हत्या गरिएको थियो भने अर्का एक जना गम्भीर घाइते भएका थिए ।

क्वेटा बलुचिस्तान प्रान्तको राजधानी हो र त्यहाँ पृथकतावादी समूह र इस्लामवादी उग्रवादीहरुले विगतमा पनि यस्तै किसिमको आक्रमण गर्दै आएका छन् । रासस÷एएफपी ÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ११:३६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...