back
CTIZAN AD

जनजातिको अनुसूचि तयार पारिने

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

867 

shares

 ९ कार्तिक,याङ्गुन । म्यानमारले आफ्नो मुलुकका अल्पसङ्ख्यक आदिवासी, जनजातिको अभिलेख राखी अनुसूची तयार पार्ने प्रयोजनले १० वटा बिभिन्न अनुसन्धान मूलक परियोजना सञ्चालन गर्ने भएको छ ।

यसका लागि मुलुकका सबै प्रान्त तथा क्षेत्रबाट तथ्याङ्क सङ्कलन एवं अल्पसंख्यक आदिवासी, जनजातिहरुसँग वार्ताको प्रक्रिया पनि थालनी गरिएको छ । यस सरकारी कार्यक्रमले म्यानमारमा कार्यरत अन्तर्राष्ट्रिय सङ्गठनहरुले अल्पसंख्यक आदिवासी, जनजातिहरुका सम्बन्धमा पहिल्यै प्रस्तुत गरेका आङ्कडा तथा प्रतिबेदनहरुको पनि तुलनात्मक अध्ययन गरी विश्वसनीय तथ्याङ्क र विस्तृत विवरण प्रकाशन गर्ने श्रम, अध्यागमन तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन् ।

म्यानमारको श्रम, अध्यागमन तथा जनसङख्या मन्त्रालयले सन् २०१४ मा प्रकाशित जनगणना तथा घरधुरी र परिवारसङ्ख्या गणना प्रतिवेदनमा आधारित भई एउटा निष्पक्ष अन्तर्राष्ट्रिय सङ्गठनको प्राविधिक सहकार्यमा तुलनात्मक अध्ययन गरी अद्यावधिक निष्कर्ष निकाल्ने बताएको छ ।

कतिपय अन्य राष्ट्रले सञ्चालन गरे जस्तै म्यानमारले पनि अबका प्रत्येक दश वर्षमा राष्ट्रिय जनगणना, घरधुरीसंख्या तथा सो सम्बन्धि अन्य तथ्याङ्कहरु सङ्कलन, अद्यावधिक तथा आधिकारिक प्रकाशन गर्ने छ ।

पछिल्लो समयमा, म्यानमारले तीस वर्षपछि पहिलो पटक, सन् २०१४ को मार्चमा राष्ट्रिय जनगणना, घरधुरीसंख्या र अन्य तथ्याङ्कहरु संकलन गरी सो वर्षको अगस्टमा आधिकारिक प्रतिवेदन प्रकाशन गरेको थियो ।

उक्त जनगणनामा, तीनवटा प्रान्तहरुः राखिन, काचिन र कायीनका कतिपय दुर्गमस्थलवासीका अनुमानित सङ्ख्या सहित राष्ट्रको कूल जनसंख्या ५ करोड १५ लाख रहेको जनाइएको थियो । रासस ÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ११:३७ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...