back

पचपन्न प्रतिशत चामल बाजुरामै खपत,सुदूरपश्चिममा खाद्य सङ्कट छैन

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

573 

shares
GLOBAL IME AD
NTC AD

९ कात्तिक,भीमदत्तनगर  । खाद्य संस्थानले सुदूरपश्चिममा बिक्री गर्ने कुल चामलको ५५ प्रतिशत बाजुरामा खपत हुने गरेको छ ।

सुदूरका अन्य जिल्लाको तुलनामा खाद्य सङ्कट बढी हुने बाजुराका दुईवटा बिक्री केन्द्रबाट वार्षिक २० हजार क्विन्टल चामल बिक्री वितरण हुने गरेको छ । नेपाल खाद्य संस्थान सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका वरिष्ठ लेखा सहायक गङ्गादत्त पन्त वार्षिक रुपमा सुदूरका पाँच पहाडी जिल्लामा बिक्री केन्द्रमार्फत करिब ३० हजार क्विन्टल चामल खपत हुने गरेको बताउनुहुन्छ ।

बझाङ सदरमुकाम चैनपुरमा रहेको बिक्री केन्द्रबाट न्यून चामल खपत हुने गरेको छ । चैनपुरमा व्यापारीले संस्थानको भन्दा सस्तोमा चामल बिक्री गर्ने गरेका छन् । चैनपुरबाट वार्षिक एक हजारदेखि एक हजार २०० क्विन्टल चामल बिक्री हुन्छ । पछिल्ला वर्षमा सवारी साधनको पहुँच बढेसँगै बझाङ, अछाम, दार्चुला, बैतडीमा संस्थानको चामल कम खपत हुँदै गइरहेको छ ।

नेपाल खाद्य संस्थानले दार्चुला, अछाम र बझाङमा तीन–तीनवटा र बैतडी र बाजुरामा दुई–दुईवटा बिक्री केन्द्रमार्फत चामल बिक्री वितरण हुँदै आएको छ । “दुई/तीन वर्षयता बिक्री वितरणमा कमी आएको छ,” पन्तले भन्नुभयो । सुदूरपश्चिमका लागि सुरुवातमा २० हजार क्विन्टल चामल खरिदका लागि कोटा आउने गरेको थियो । हाल खाद्य संस्थानको क्षेत्रीय कार्यालयमा १३ हजार क्विन्टल चामल मौज्दात छ ।

“सुदूरपश्चिममा खाद्य सङ्कट छैन,” उहाँले भन्नुभयो । संस्थानले पहाडी जिल्लामा निर्यातका लागि कैलाली, कञ्चनपुर, बर्दिया, बिर्तामोडलगायतका ठाउँबाट बर्सेनि चामल खरिद गर्दै आइरहेको छ । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १२:२७ मा प्रकाशित

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे...

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह...

मुङखेती गर्ने किसानलाई अनुदान

मुङखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको...

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर...

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक...