back

भृकुटीमण्डपमा अजङ्गका दीपङ्कर बुद्ध मूर्ति

वि.सं.२०७५ पुस २३ सोमवार

702 

shares

२३ पुस, काठमाडौ । भृकुटीमण्डपमा धेरै वस्तुहरु प्रदर्शन भइरहेको हुन्छ । तर नेवार समुदायको संस्कृति झल्काउने अजङ्गका बुद्धमूर्तिले भने धेरै दर्शकको ध्यान तानेको छ ।

शनिबार भृकुटीमण्डपमा तेस्रो उदाय मुना ज्याझ्व कार्यक्रममा प्रदर्शनमा राखिएको मानिसभन्दा अग्लो अर्थात झण्डै ९ फीट उचाइको धलौटको बुद्धमूर्तिमा दर्शकको आकर्षण देखिएको थियो । प्रदर्शनमा एउटा मात्र त्यस्तो मूर्ति राखिएको थिएन । त्यस्ता बुद्धमूर्ति आठ वटा रहेको थिए । यो मूर्ति नेवार समुदायले पञ्चदानका दिन प्रदर्शन गरिने प्रचलन छ ।

पञ्चदानका दिन प्रदर्शन गरिने प्राचीन बुद्धमूर्तिहरुमा पूजा गर्ने तथा मूर्ति अगाडि बसेर सेल्फी फोटो खिच्नेको घुइँचो नै लागेको थियो ।

शाक्यमुनि बुद्धको जन्म हुुनुभन्दा अगाडिका बुद्ध तथा दिपङ्कर तथागत, दिपङ्कर बुद्ध, दिपङ्कर तथागत सम्यक भगवान, पञ्जराँ द्योका ठूल्ठूला आठ मूर्ति प्रदर्शनमा राखिएको थियो । यसलाई नेवारीमा ‘बही द्यो’ पनि भनिन्छ ।

उदाय मुना ज्याझ्वको अर्को आकर्षणमा उदाय जातिका विभिन्न पूजा तथा पर्वमा बौद्ध तथा हिन्दू परम्पराअनुसार देखाइँदै आएको प्याखँ देव देवीको नाच रहेको छ ।

काठमाडौँको न्यत टोलमा बसोबास गर्ने न्यत तुलाधर समितिले वर्षेनी प्रदर्शन गर्ने श्रीन्यतभलु अजिमाको प्याखँ नृत्य देखाइएको थियो । नेवारी परम्परानुसार हरेक वर्ष पाँहाच¥हेका दिन काठमाडौँका उदाय जातिले यो महाद्यो प्याखँ महादेवको नृत्य प्रदर्शन गर्ने परम्परा छ । यसमा गँ प्याखँ भनेर एक सेट देवदेवी नाच्ने गरिन्छ ।

त्यस्तै लोप हुँदै जान लागेको असनको कुम्हो प्याखँ पनि दर्शकको आकर्षणको केन्द्र बनेको छ । यस नृत्यमा बज्रयान बौद्ध धर्मको शक्तिबाट तलेजु भवानीलाई रक्षा गर्ने दृष्य देखाइएको हुन्छ ।

रत्नकेतु बोधिसत्वको रुपमा रहने कुम्हो नृत्य गर्ने बालकले तलेजु भवानीलाई आकाश मार्गबाट आउन सक्ने भयबाट रक्षा गर्दछ । त्यस्तै पातालबाट आउने भयबाट रक्षा गर्ने काम चन्द्रकेतु बोधिसत्वले गर्दछ ।

राजा जयप्रकाश मल्लको शासनकालमा अर्थात करीब ३०० वर्षदेखि यो प्याखँ नृत्य देखाउँदै आएको भए पनि ३२ वर्षदेखि यो नृत्य बन्द अवस्थामा रहेको आयोजकले बताएका छन् ।

यो प्याखँ त्यसबेला बौद्ध र हिन्दूबीच विवाद भएपछि यो विवाद समाधान गर्न कुम्हो प्याखँ देखाइएको समाजसेवी ज्ञानेन्द्र तुलाधरको भनाइ छ ।

समाजसेवी एवं उदाय समाजका प्रचार विभाग प्रमुख सुगतरत्न सिन्दुराकारले उदाय जातिको परम्परागत पेशा लोप हुँदै गएको राससलाई बताए ।

ताम्राकार, कँसाकार, तुलाधर, स्थापित, बनियाँ, सेलालिक, शिलाकार तथा सिख्राकार र सिन्दुराकार गरी नौ जातिमा विभाजित उदाय जातिले नेपालमा तान्त्रिक पूजाका लागि देवीदेवताका लागि चाहिने क्वखङ्गा, धकिङ्गा र ग्वय्का
देवदेवीका लागि चाहिने खास्तो बनाउने पेशा भए पनि हाल यी पेशामा काम गर्ने मानिसको अभाव भई काम बन्द भइसकेको उहाँको भनाइ छ ।

विभिन्न सेवा, व्यवसाय, सीप तथा नेवारी खाजाका परिकार, स्वास्थ्य शिविर, उत्पादनका कक्ष गरी १२० कक्ष रहेको सिन्दुराकारले बताए ।

नेवारी खाजा बजिसेट, सन्याखुना, विभिन्न नेवारी खाजाका परिकार पनि दर्शकको आकर्षण बनेको छ ।

वि.सं.२०७५ पुस २३ सोमवार ११:५३ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...