back
CTIZAN AD

जापान कामदार भर्ना र छनोट पारदर्शी बनाउनमा जोड

वि.सं.२०७५ पुस २३ सोमवार

651 

shares

२३ पुस, काठमाडौँ  । नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेको शिष्टाचार भेटमा उनले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताए ।

नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उनले बताए । सो अवसरमा उनीहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताए । उनले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी गराए । नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधि समूह आगामी माघमा नेपाल आउँदैछ ।

वि.सं.२०७५ पुस २३ सोमवार २०:०४ मा प्रकाशित

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...