back
CTIZAN AD

मेरो बिषय अब सदाका लागि टुङ्याउँदछु–रवि लामिछाने

वि.सं.२०७५ पुस २३ सोमवार

762 

shares

२४ पुस । पत्रकार रवि लामिछानेले आफ्नो व्यक्तिगत जीवन बारे विगत केही दिनदेखि संचारमाध्यम तथा सामाजिक सञ्जालमा आएका कुराहरुलाई अन्त गर्न चाहेका छन् । फेसबकुमा अपडेट गर्दै उनले व्यक्तिगत विषयमा अब कहिल्य नबोल्ने र जवाफ पनि नफर्काउने जनाएका छन् । कानुनी रुपमा आफू एकल पुरुष भएको उल्लेख गर्दै आफ्नो पक्ष विपक्षमा आएका विभिन्न विचारहरुप्रति आभार व्यक्त गरेका छन् ।

यी मैले बुझ्दै नबुझेका बिषय त थिएनन। तर मानिस परिस्थितिको दास हुनै पर्छ। समय शीर्षक र पात्रहरू मात्र फरक हुने हुन। सबै आलोचनाहरुलाई मैले अभिमानी भएर होइन आत्मबिश्वासी भई एक असल पाठ सम्झी ग्रहण गरेको छु। 

उनले भनेका छन् –
“ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु। कुनै अनैतिक वा गैर कानुनी काम भएको भए मलाई कुनै छुट नदिई कडा भन्दा कडा सजाय दिईयोस। गरेको पुरानो गल्ती स्विकारेको नै छु। मनगडन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिन।म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु।यतिबेला म कानुनी रुपमा सम्बन्ध बिच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हु। कुनैपनि पुराना सम्बन्धको नैतिक वा कानुनी जिम्मेवारी म माथि छैन।बिश्वको कुनैपनि अदालतमा म बिरुद्ध आज सम्म कुनैपनि अभियोगमा कुनै किसिमको मुद्दापनि छैन।

मलाई आदर्श, नैतिकता, जिम्मेवारी, सामाजिक उत्तरदायित्व, महिला एवं पुरुष हक, सत्चरीत्र, असल अभिभावकत्व, बिश्वास, माया, धोका, सहि गर्यो, गलत गर्यो, माथी चड्यो, तल गिर्यो, स्तरमा बस्यो, स्तर गिरायो, बोल्नु पर्थ्यो, बोल्नै नहुने, यो बाकी छ, यो सक्कियो लगायतका यावत पाठ यो बीचमा पढाइ सक्नु भएका,पढाई रहनु भएका र अब पढाउन तयार रहनु भएका ज्ञात अज्ञात समस्त महानुभावहरु प्रति आभार ब्यक्त गर्दै अत्यन्त निजि जीवनको यो बिषय यहि टुङ्याउछु। यी मैले बुझ्दै नबुझेका बिषय त थिएनन। तर मानिस परिस्थितिको दास हुनै पर्छ। समय शीर्षक र पात्रहरू मात्र फरक हुने हुन। सबै आलोचनाहरुलाई मैले अभिमानी भएर होइन आत्मबिश्वासी भई एक असल पाठ सम्झी ग्रहण गरेको छु।

दोष जसलाई लागेपनि भोगाइ बद्लिने होइन। मुस्किलको यो घडिमा साथ, हौसला प्रदान गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रति शीर निहुराएरै आभार प्रकट गर्दछु। साथै आफन्त र परिवारप्रति मेरा कारण पर्न गएको चोट प्रति क्षमायाचना समेत गर्दछु। आफ्ना तर्फबाट यो बिषय अब सदाका लागि टुङ्याउदछु। सबैको भलो होस। ”

वि.सं.२०७५ पुस २३ सोमवार १६:०० मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...