back
CTIZAN AD

प्रज्ञा परिषद् सदस्य नियुक्तिमा ‘नेपाल चलचित्र नृत्य संघ’को विरोध

वि.सं.२०७५ पुस २७ शुक्रवार

666 

shares

२७ पुस । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तिमा सम्बन्धित कुनै एक क्षेत्रलाई पूर्णतया अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ ।

संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नुमा आपत्ति जनाएको हो । यस्तो कार्यले समग्र
नृत्यकर्मीहरुको मनोवल गिराउने काम गरेको जनाइएको छ ।

‘जुन क्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्था हो, सो संस्थामा विज्ञहरुको नियुक्ति हुनुको साटो आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न चम्चा प्रवृतिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन सक्दैन’, बिज्ञप्तिमा लेखिएको छ । संघका अध्यक्ष वसन्त श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा प्रतिष्ठानले तत्काल कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुनस् नियुक्तिको माग समेत गरेको छ ।

सही ठाउँमा सही ब्यक्तिको चयनको अत्यन्तै ठुलो महत्व रहने र कुलमान घिसिङ
यसको लागि ज्वलन्त उदाहरण भएकोले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एउटा महत्वपूर्ण पाटो नृत्य क्षेत्रबाट एउटै पनि विज्ञलाई समाबेश नगरी पूर्णतस बेवास्ता गरिनुलाई न्याय गरिएको भन्न नमिल्ने र सामान्यत यसबाट राम्रो परिणामको अपेक्षा गरिन नसकिने कुरा लुम्बिनी कपिलवस्तु अभियानका विस्व संयोजक इन्जिनियर, रामकुमार श्रेष्ठले चर्चित नायिका स्वेता खडकासंग गरिएको एक टेलिफोन बार्ताका क्रममा यस किसिमको असन्तुलित नियुक्तिको सम्बन्धमा प्रतिकृया दिएका छन् ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ११:४० मा प्रकाशित