back
CTIZAN AD

आई.एम.ई. लाइफ र महालक्ष्मी विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता

वि.सं.२०७५ पुस २७ शुक्रवार

639 

shares

 

२७ पुस । काठमाण्डौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महालक्ष्मी विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने हस्ताक्षर गरेका छन् ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्ना शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको जनाइएको छ ।

 

वि.सं.२०७५ पुस २७ शुक्रवार ११:४७ मा प्रकाशित

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...