
२७ पुस । काठमाण्डौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महालक्ष्मी विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने हस्ताक्षर गरेका छन् ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्ना शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको जनाइएको छ ।
वि.सं.२०७५ पुस २७ शुक्रवार ११:४७ मा प्रकाशित