back
CTIZAN AD

विवादित भूभागबारे जापानले रुससँग छलफल गर्ने

वि.सं.२०७५ पुस २८ शनिवार

867 

shares

२८ पुस, मस्को ।  जापानका विदेशमन्त्री तारो कोनो अर्को हप्ता रुसको भ्रमणमा आउने भएका छन् ।

रुसी समकक्षी सेर्गेइ लाभरोभसँग उनले विवादित चार भूभागका बारेमा छलफल गर्ने रुसको विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

रूस र जापानका बीचमा दोस्रो विश्वयुद्धपछि अहिलेसम्म पनि कुनै शान्ति सम्झौता हुन सकेको छैन ।

सिमानामा पर्ने कुरिल्सलाई रूसले आफ्नो क्षेत्रमा पर्ने भूभागको रूपमा दाबी गर्दै आएको छ भने जापानले पनि आफ्नो उत्तरी राज्यको रूपमा दाबी गर्दै आएको छ ।

रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिज जाखारोभले भने “पहिलो चरणमा रुस र जापानका बीचमा रहेका समस्या समाधान गर्न शान्ति सम्झौता गर्ने बारेमा छलफल हुनेछ ।”

उनीहरुका बीचमा आउँदो सोमबार छलफल हुनसक्ने पनि प्रवक्ता जाखारोभले बताए । उनले दुई देशका बीचमा हुन लागेको सम्झौताका बारेमा जापानी सञ्चारमाध्यमहरूले गलत भूमिका खेलेको आरोप पनि लगाए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्री सेन्जो आवेबीच गत नोभेम्बरमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा उहाँहरूले दोस्रो विश्वयुद्धको विवादहरूलाई अन्त्य गर्न औपचारिक रूपमा छलफल गर्ने र सन् १९५६ मा भएको संयुक्त घोषणापत्रमा टेकेर सम्झौताको प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका थिए ।

वि.सं.२०७५ पुस २८ शनिवार १०:२९ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...