back

विवादित भूभागबारे जापानले रुससँग छलफल गर्ने

वि.सं.२०७५ पुस २८ शनिवार

477 

shares
GLOBAL IME AD
NTC AD

२८ पुस, मस्को ।  जापानका विदेशमन्त्री तारो कोनो अर्को हप्ता रुसको भ्रमणमा आउने भएका छन् ।

रुसी समकक्षी सेर्गेइ लाभरोभसँग उनले विवादित चार भूभागका बारेमा छलफल गर्ने रुसको विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

रूस र जापानका बीचमा दोस्रो विश्वयुद्धपछि अहिलेसम्म पनि कुनै शान्ति सम्झौता हुन सकेको छैन ।

सिमानामा पर्ने कुरिल्सलाई रूसले आफ्नो क्षेत्रमा पर्ने भूभागको रूपमा दाबी गर्दै आएको छ भने जापानले पनि आफ्नो उत्तरी राज्यको रूपमा दाबी गर्दै आएको छ ।

रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिज जाखारोभले भने “पहिलो चरणमा रुस र जापानका बीचमा रहेका समस्या समाधान गर्न शान्ति सम्झौता गर्ने बारेमा छलफल हुनेछ ।”

उनीहरुका बीचमा आउँदो सोमबार छलफल हुनसक्ने पनि प्रवक्ता जाखारोभले बताए । उनले दुई देशका बीचमा हुन लागेको सम्झौताका बारेमा जापानी सञ्चारमाध्यमहरूले गलत भूमिका खेलेको आरोप पनि लगाए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्री सेन्जो आवेबीच गत नोभेम्बरमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा उहाँहरूले दोस्रो विश्वयुद्धको विवादहरूलाई अन्त्य गर्न औपचारिक रूपमा छलफल गर्ने र सन् १९५६ मा भएको संयुक्त घोषणापत्रमा टेकेर सम्झौताको प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका थिए ।

वि.सं.२०७५ पुस २८ शनिवार १०:२९ मा प्रकाशित

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

रियाद । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना...

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...