back
CTIZAN AD

‘पत्रकारको हत्यामा धर्मगुरुको सम्लग्नता’

वि.सं.२०७५ पुस २८ शनिवार

789 

shares

२८ पुस, नयाँदिल्ली ।  भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।

आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो ।

संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ ।

अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो ।

सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो ।
सिंहलाई आजिबन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ ।

यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उनका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झण्डै ४० जना घाइते भएका थिए ।

वि.सं.२०७५ पुस २८ शनिवार १०:३४ मा प्रकाशित

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...