२९ पुस काठमाडौ । सबभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलको बैठक बस्न मिल्ने कक्ष छैन । प्रतिनिधिसभा र राष्ट्रिसभा गरी नेकपाका २१३ जना सांसद हुनुहुन्छ । सांसद् अट्ने क्षमताको बैठक कक्ष नहुँदा सो दलको बैठक सिंहदरबार भन्दा बाहिर बस्ने गरेको छ ।
नेकपा संसदीय दलको बैठक कहिले प्रधानमन्त्री निवास बालुवाटारमा त कहिले बानेश्वरस्थित संसद् भवनमा बस्ने गरेको छ । दुई ठोँ बाहेक अरु ठाउँमा बैठक बस्न नसकेको नेकपा संसदीय दलका कार्यरत कर्मचारी नारायणप्रसाद खनालले जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २९ आइतवार ०७:५९ मा प्रकाशित