back
CTIZAN AD

आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी

वि.सं.२०७५ पुस २९ आइतवार

675 

shares

२९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको बिभिन्न तहमा रहेका नेता तथा वुद्धिजीवीहरुले आफैले मत दिएको सरकार विरुद्ध आन्दोलन गर्न बाध्य नपारीयोस् भन्ने चेतावनी दिएका छन् ।
‘प्रस्तावित नागरिकता विधेयक’ विषयक अन्तरक्रियामा बोल्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीका सुनिश्चित गर्ने प्रतिबद्धता सहित झण्डै दुई तिहाइ मत पाएको कम्युनिष्ट पार्टीबाट कुनै पनि प्रकारको राष्ट्रघात सह्रय नहुने बताएका हुन् ।

पुष्पलाल अध्ययन समाजद्धारा आयोजित उक्त कार्यक्रममा समाजका अध्यक्ष लोककृष्ण भट्टराईले कुर्सीमा पुगेपछि राष्ट्र र जनता बिर्सने रोग हावी भएको बताएका थिए ।


वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्कीद्धारा प्रचलित नागरिकता नीति, नेपाली नागरिकता नीति, मुलुकले अवलम्बन गर्नुपर्ने नीति, नेपालमा खुकुलो नागरिकता नीतिको श्रृंखला, नागरिकता सम्बन्धी संवैधानिक व्यवस्था, नागरिकता ऐन २०२० र संशोधित २०४८ तथा २०६३, यस सम्बन्धी २०६३ को संविधान र २०७२ ले गरेको व्यवस्था अन्तर्गत नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा आपत्तिजनक प्रावधानबारे कार्यपत्रमा चर्चा गरिएको थियो ।


प्रस्तावित विधेयकको दफा ४ मा २०७२ असोज ३ गते भन्दा अघि जन्मेको आधारमा नागरिकता प्राप्त व्यक्तिको नागरिकको सन्तान वालिग भएपछि बंशजको आधारमा नेपालको नागरीक मानिने तथा दफा ५ मा नागरीकता प्राप्त आमाबाट जन्मिएको तथा बाबुको पहिचान हुन नसकेको ब्यक्तिले जन्मको आधारमा नागरिकता पाउने, नेपाली सँग विहे गरेकी नागरिकता प्राप्त गर्न चाहाने महिलाले नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशी नागरिकताको निस्सा पेश गर्ने तथा दफा ५ को उपदफा ३ मा (क) थपेर वंशजको नागरिकतालाई खुकुलो बनाउन खोजिएको लगायतका प्रावधानलाई पास हुनबाट रोक्नैपर्ने कुरामा कार्कीले जोड दिएका थिए ।


कार्कीको कार्यपत्रमाथी टिप्पणि गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रेमल कुमार खनालले राष्ट्रियतासँग नागरिकता सिधा जोडिएकोले विषय निकै पेचिलो हुन पुगेको बताउँदै अंगिकृत नागरिकतालाई सस्तो व्यापारको विषय बनाएर राष्ट्रघातको बाटोमा जान खोजेको आरोप लगाए । खनालले भने अहिले नै हतारीनुको कारण के थियो ?

कार्यक्रमका अर्का वक्ता संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले शिर्ष नेता, शीर्ष नेतृ, विज्ञ र यताउताका दवाव हुँदै नेपालमा नागरिकता प्रकरण बल्झिदै आएको प्रष्ट्याएका थिए ।

राष्ट्रियताका विषयमा अदालत समेत बोल्न डराएको फेहरिस्त पेश गर्दै ज्ञवालीले जनस्तरबाट दबाब बढाएर भएपनि संविधान नै संशोधन गर्नुपर्ने बाध्यता रहेको बताए । नियत नराम्रो नभएपनि अदृश्य शक्तिहरुको दवावले संविधानमै चुकिएको खुलासा पनि उनले गरे ।


कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा राष्ट्रियताका अभियन्ता साध्य बहादुर भण्डारीले मुलुक फिजिकरण र विहारीकरणतिर उन्मुख भएको आरोप लगाए । प्रदेश २ बाट जनमत संग्रहको कुरो उठाएर देश निल्ने तत्व सक्रिय हुन थालेको बताए । आफ्नै अध्यक्ष केपी ओली र प्रचण्डले यो महत्वपूर्ण विषयमा भेट नदिएकोमा रोष व्यक्त गर्दै उनले गृह र रक्षामन्त्रीले प्रस्तावित विधेयक पूरै नपढेको लज्जाजनक जवाफ दिनुले आफू स्तब्ध भएको समेत बताए । प्राण रहेसम्म राष्ट्रियताको लडाई नछोडिने भन्दै उनले राष्ट्रियताको कसिमा पार्टी शुद्धिकरण हुनुपर्ने कुरामा उनले जोड दिए ।


वाम अभियन्ता लोकराज भुसालले शाषकहरुको स्वरुप परिवर्तन हुन नसक्नु दुःखद भएको बताउँदै अन अराइभल पाराले नागरिकतालाई डोकोमा बोकेर बाडिएको प्रति क्षोभ प्रकट गरे । गंम्भीर विषयलाई हलुका ढंगले लिने हो भने बाम जनमत घट्ने र आन्दोलन कमजोर हुने हुँदा चौतर्फि दवाबको बाटोमा जानुको विकल्प नरहेको बताए ।

सीमाविद् होमनाथ सेढाइले भारतसँग सीमा जोडिएका अधिकांश ठाउँमा नेपालीको दुर्गती बढेको बताउँदै ३ आनाको घरलाई कम्पाउण्ड वाल लगाउने हामीहरुले देशको सीमा सुरक्षा गर्न ध्यानै नदिएको बताएका थिए ।


बामपन्थी नेता तथा समाजका उपाध्यक्ष राम बहादुर भण्डारीले देश र आफू भए मात्र विचार र गतिबिधि हुने कुरा प्रष्ट्याउँदै कानुनी रुपमा बोर्डर शिल नखुलेको देशमा यस्ता सास्ती र चुनौती जसरी पनि पार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका संचालक तथा वाम नेता शुरेस कार्कीले नेपाल भुटानीकरण बाहेक पनि हरेक टेष्टको थलो बनेको तर्फ चिन्तित हुन आग्रह गरेका थिए । पर्दा पछाडि देश रोइरहेको र अस्वभाविक खिचडी पाकिरहेको तर्फ ध्यान दिदैं थप राष्ट्रघात हुन नदिन उनले जुझारु भएर जुट्न आग्रह गरे ।


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु, सांसदहरु बौद्धिक व्यक्तित्वका साथै कानुनी क्षेत्रका वरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ पुस २९ आइतवार १७:३७ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...