back
CTIZAN AD

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण–विशेष समय

वि.सं.२०७५ पुस २९ आइतवार

732 

shares

२९ पुस, काठमाडौ ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गएको छ ।

सांसद डा मीनेन्द्र रिजालले आर्थिक समृद्धिको नारा लिएको सरकारले विलासिताको सुविधा उपयोग गर्नेगरी करोडौँ मूल्यमा सवारीसाधन खरिद गर्ने, महङ्गा भवन बनाउनेजस्ता निर्णयले सरकारलाई नै गिज्याइरहको चर्चा गर्दै बुद्धिजीवीलाई गाली गरेर, कर्मचारीलाई तर्साएर, पत्रकारको स्वतन्त्रतामाथि कुण्ठित गर्ने तथा संसद्लाई छलेर गरिने गतिविधिले लोकतन्त्रलाई कमजोर तुल्याउँछ भनेका थिए ।

सांसद प्रदीप यादवले वाइड बडी विमान खरीद विषयमा सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सो खरीद प्रक्रियामा संलग्न दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

सांसद प्रमोद साहले सर्लाही जिल्लाका विभिन्न स्थानमा हात्तीले हालसम्म ७० घर भत्काइसकेको हुँदा हात्ती आतङ्क रोक्न, सामाजिक परिचालक र आन्दोलनरत स्वास्थ्य सहायकका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले उच्च रक्तचाप भएका बिरामीले खाने औषधिको मूल्यवृद्धि भएको, प्रदेश १ का जिल्लाबाट भारततर्फ सुपारी तस्करी बढेको बताउँदै त्रिभुवन विश्वविद्यालयको जमीन कुन प्रक्रियाले भाडा लगाउने काम भयो भन्ने प्रश्न गरे ।

सांसद गङ्गा चौधरीले थारु जनजातिका माघी पर्व अवसरमा माघ १ गते सार्वजनिक बिदा दिन सरकारसित माग गरे । सांसद दिलेन्द्रप्रसाद बडूले विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताका लागि यसको सञ्चालनको जिम्मा सम्बन्धित प्रदेशलाई दिनुपर्ने माग गर्दै सङ्घीयताको मर्मअनुसार सङ्घले विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु हुँदैन भनेका छन् ।

सांसद आशाकुमारी विकले सुदूर पश्चिमको विकृतिका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्न प्रभावकारी कानूनको कार्यान्वयनमा जोड दिए । सांसद डा डीला सङ्ग्रौलाले हालसम्म सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाउँदै सरकारले डा गोविन्द केसीसित गरेको सहमति पालना गर्नुपर्छ भने ।

सांसद झपडबहादुर रावलले भ्रष्टाचार नियन्त्रणमा सरकारले विशेष ध्यान दिन र सडक पूर्वाधारमा लगानी बढाउनुपर्छ भने । सांसद यज्ञराज सुनुवारले वाइड बडी विमान खरीद प्रक्रियामा को–को संलग्न छन् यसका बारेमा सदनमा जानकारी गराउन सरकारसित माग गरेका थिए ।
सांसद मोहन बानियाँले सङ्घीयताको मर्मअनुरुप सेवाग्राहीलाई पालिकाबाट नै सबै सेवा उपलब्ध गराइने व्यवस्था मिलाउनुपर्छ भने ।
सांसदबीच विभेद गरियो ः शून्य समय
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको बीचमा अर्थ मन्त्रालयले रकम विनियोजन गर्दा विभेद गरेको भन्दै यसलाई सच्याउन सरकार र सदनको ध्यानाकर्षण गरे ।

संसद् सचिवालयले हाल कारोवार गर्दै आएको एभरेष्ट बैंकको विकल्पमा राष्ट्रिय वाणिज्य बैंक अथवा अन्य कुनै सरकारी बैंकबाट कारोवार गर्न र संसद् सचिवालयमा रहेको चमेना गृह थप व्यवस्थित गर्न सचिवालय माग गरेका छन् ।

सरकारले हालै जारी गरेको मर्यादाक्रम सच्याउन, सरकार र डा गोविन्द केसीका बीचमा भएको सहमति अक्षरशः पालन गर्न, निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनसमेत सांसद्ले बैठकमा माग गरेका छन् ।

यसरी आफ्नोे भनाइ राख्ने सांसदहरुमा लक्ष्मी परियार, लालकाजी गुरुङ, विनाकुमारी श्रेष्ठ, विन्दा पाण्डे, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ, सत्या पहाडी, सीतादेवी यादव, हरिराज अधिकारी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

वि.सं.२०७५ पुस २९ आइतवार १४:४८ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...