back
CTIZAN AD

अन्तराष्ट्रिय कलाकार समाज फ्रान्समा प्रविन सापकोटा

वि.सं.२०७५ पुस ३० सोमवार

654 

shares

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) फ्रान्सको स्थापना भएको छ ।  १३ जनवरीका दिन सम्पन्न कलाकारहरुको एक भेलाले प्रविन सापकोटाको अध्यक्षतामा इनास फ्रान्सको स्थापना गरेको हो ।


जसको उपाध्यक्षमा जगत बहादुर खड्का, महासचिबमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा डुल्छेन लामा तामांग (सुरेश), तथा सदस्यहरुमा घनश्याम पौडेल, किरण केसी, गीता खनाल थापा, आभास आचार्य, भूबन आले,सुमन राई, मिली कोइराला, रिया गुरुङ (भानु), शर्मिला गुरुङ, सालु श्रेष्ठ, प्रतिमा खनाल, अन्जेश चुडाल, भिम राई र बिपुल छेत्री रहेका छन् ।


‘हामीमा रहेको कला अर्को पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको कर्तब्य हो र, आफूमा लुकेर रहेको कला बाहिर ल्याउन सहयोग होस् भन्ने मनसायले बिसुद्ध संस्कृतिक संस्थाको स्थापना गरिएको हो ।’ अध्यक्ष सापकोटाले भनेका छन् ।

उनले फ्रान्समा रहेर सुरुवातदेखि सहयोग गर्ने कलाकार, कलाप्रेमी, सम्पूर्ण संघ–संस्थाका पदाधिकारीहरु तथा अग्रजहरुमा हार्दिक धन्यवाद ब्यक्त समेत गरेका छन् । उनले भनेका छन्, ‘आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाउने पूर्ण विश्वास लिएका छौं ।’

वि.सं.२०७५ पुस ३० सोमवार ०८:५९ मा प्रकाशित