
३० पुस काठमाडौ । राजधानीमा स्वाइनफ्लुएचवान एनवान का बिरामी भेटिएका छन् । वीर अस्पतालमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमित बीरामीको करीब दुई सातादेखि उपचार भइरहेको छ । संक्रमित १५ र २६ उमेरका काठमाडौबासी महिला हुन् ।
उपचारमा संलग्न डा.राजेशकुमार मण्डलका अनुसार उनीहरु आइसीयूमै राखेर उपचार गनुपर्ने अवस्थामा अस्पताल पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउदै उनले भने, एक साता भेन्टिलेटरमै राखेर उपचार गरियो , दुवैलाई नियोनियासमेत भइसकेकाले अवस्था गम्भिर थियो । यो वर्ष वीर अस्पतालमा पहिलो पटक स्वाइनफ्लुका बिरामी भेटिएका हुन् । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ३० सोमवार ०८:५६ मा प्रकाशित