back
CTIZAN AD

१५ दिनभित्र ऋणको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

वि.सं.२०७५ पुस ३० सोमवार

918 

shares

३० पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ ।

बैंकले आज एक सूचनामार्फत ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जाका बारेमा समेत जानकारी दिन आग्रह गरेको छ ।

प्रत्येक आर्थिक वर्षको त्रैमास समाप्त भएको मितिले १५ दिनभित्र कर्जा चुक्ता नभएसम्म केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रमा पठाएको विवरणमा पछि कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा नियमित भएमा वा मिति थप तथा पुनःतालिकीकरण भएमा सो को जानकारीसमेत १५ दिनभित्र अनिवार्यरूपमा उपलब्ध गराउन बैंकले निर्देशन दिएको कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिए ।

केन्द्रीय बैंकले ग्राहकको विवरण लिनलाई पनि कडाइ गरेको छ । इजाजत प्राप्त संस्थाका व्यक्ति, फर्म वा सङ्गठित संस्थाबाट कर्जा सुविधाका लागि आवेदन परेमा कर्जा विश्लेषणका लागि ग्राहक तथा ऋणीको नागरिकताको प्रतिलिपि, स्थायी तथा अस्थायी ठेगाना, तीनपुस्ते विवरण र एकाघर परिवारका सदस्यको विवरण लिन निर्देशन दिएको हो ।

निजी संस्था, साझेदारी फर्म, साझेदारको विवरण र फर्मको तर्फबाट कारोवार गर्न अख्तियार प्राप्त व्यक्तिको सम्पूर्ण विवरण, ठेगाना, स्म्झौताको प्रतिलिपि लिनुपर्नेछ । निजी संस्थाको हकमा १५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, धितो मूल्याङ्कनकर्ताको विवरण र रु १० लाखभन्दा माथिको हकमा इजाजतपत्रसमेत लिनुपर्ने नियम बनाइएको छ ।

यस्तै कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीरकण गर्न, पुनःसंरचना वा पुनःतालिकीकरण गर्नु अगावै ऋणी वा ग्राहकका बारेमा अनिवार्य सूचना लिन र माग भएको अवस्थामा तीन दिनभित्र केन्द्रीय बैंकलाई उपलब्ध गराउन भनिएको छ ।

यस्तै बैंकले कर्जा सूचना नियमावली, २०५९ अनुसार पनि थप बाँकी रहेका अन्य सूचना लिन पाउने व्यवस्था गरिएको छ ।

वि.सं.२०७५ पुस ३० सोमवार १६:४५ मा प्रकाशित

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...