back

ग्यास सिलिन्डर विस्फोट हुँदा ७० जना घाइते

वि.सं.२०७३ कात्तिक १० बुधवार

450 

shares
GLOBAL IME AD
NTC AD

१० कात्तिक,हेटौँडा । आज दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।

घाइतेमध्ये २५ जना हेटाँैडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।
त्यस्तै अन्यको हेटाँैडाका चुरेहिल अस्पताल र हाडजोर्नी अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो नापी कार्यालयका कार्यालय प्रमुख अजयकुमार रावतसहित १० जना कर्मचारी घाइते भएको रावतले जानकारी दिनुभएको छ ।
आगो नियन्त्रण गर्ने प्रयास भइरहेको भएपनि के कति क्षति भएको छ भन्ने विवरण आउन बाँकी रहेको मकवानपुर जिल्ला प्रशासन कार्यालयका कामु प्रजिअ हरिप्रसाद पन्तले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ११:१६ मा प्रकाशित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

हुस्सु–कुहिरोमा सतर्कता अपनाउन आग्रह

हुस्सु–कुहिरोमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका...

प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको समस्या समाधान

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको समस्या समाधान

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको...

राष्ट्रपति पौडेलद्वारा द्रुतमार्गको निरीक्षण

राष्ट्रपति पौडेलद्वारा द्रुतमार्गको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्गको निरीक्षण गरे...

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

कलैया (बारा) । बारामा सात हजार चार सय ४० हेक्टर...