back
CTIZAN AD

सरकार गरिब लक्षित विशेष अभियान सञ्चालन गर्न प्रतिबद्ध –प्रम दाहाल

वि.सं.२०७३ कात्तिक १० बुधवार

924 

shares

१० कात्तिक, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले वास्तविक गरिबलाई लक्षित गरेर सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र सीपमूलक कामबारे विशेष अभियान नै सञ्चालन गर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) पर्वत जिल्लाको प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले दुर्गम जिल्लाका पनि अन्त्यन्त गरिबको लागि रोजगारमूलक कामको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विकासको दृष्टिले पछाडि परेको पर्वत जिल्लाको विकास र विविध स्थानीय समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिनुभयो । सरकार संविधान संशोधनको अन्तिम तयारी रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेमा जोड दिनुभयो ।
“संविधान संशोधनबारे छलफल भइरहेको छ, राजनीतिक समझदारीको आधारमा संशोधनपछि सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गर्नेछ”– प्रधानमन्त्री दाहालले भन्नुभयो । भेटमा माओवादी केन्द्र पर्वतका नेताद्वय नेत्रनाथ अधिकारी र कृष्ण पराजुलीले सहिद परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
त्यसैगरी हुम्ला जिल्लाका प्रतिनिधिसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले मुलुकको अन्त्यन्त विकट क्षेत्र कर्णालीको विकासको निम्ति सरकार प्रतिबद्ध छ भन्नुभयो ।
सोही अवसरमा पूर्व सांसद कर्णजीत बुढाथोकीले अन्य जिल्लाभन्दा हुम्लालाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार १२:५० मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...