back
CTIZAN AD

उन्नाइस लाख राजस्व असुली, हुकिङ गरेर विद्युत् चोरी गर्ने १२३ जना पक्राउ

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.1K 

shares

राजविराज, १० कात्तिक  । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रले आव २०७३/७४ को तीन महिनामा रु १९ लाख राजस्व असुल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणको संयुक्त टोलीले हुकिङ गरेर विद्युत् चोरी गर्ने १२३ जनालाई पक्राउ गर्नुका साथै उनीहरुबाट राजस्व असुली समेत गरिएको प्राधिकरणका प्रमुख रामउदगार साहले जानकारी दिनुभयो । विद्युत् चोरी गर्नेहरुको साथबाट विद्युत्को विभिन्न सामग्री समेत बरामद गरिएको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान सञ्चालन गरिएको छ । साउनदेखि असोजसम्म तीन हजार २०० घरधुरीको हुकिङ हटाएको साहले बताउनुभयो । सप्तरीमा हालसम्म ५३ हजार मिटर जडान गरिएको प्र्राधिकरणले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार १२:५२ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...