Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

उन्नाइस लाख राजस्व असुली, हुकिङ गरेर विद्युत् चोरी गर्ने १२३ जना पक्राउ



राजविराज, १० कात्तिक  । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रले आव २०७३/७४ को तीन महिनामा रु १९ लाख राजस्व असुल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणको संयुक्त टोलीले हुकिङ गरेर विद्युत् चोरी गर्ने १२३ जनालाई पक्राउ गर्नुका साथै उनीहरुबाट राजस्व असुली समेत गरिएको प्राधिकरणका प्रमुख रामउदगार साहले जानकारी दिनुभयो । विद्युत् चोरी गर्नेहरुको साथबाट विद्युत्को विभिन्न सामग्री समेत बरामद गरिएको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान सञ्चालन गरिएको छ । साउनदेखि असोजसम्म तीन हजार २०० घरधुरीको हुकिङ हटाएको साहले बताउनुभयो । सप्तरीमा हालसम्म ५३ हजार मिटर जडान गरिएको प्र्राधिकरणले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा