Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान–मन्त्री जोशी



१० कात्तिक, डडेल्धुरा । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले आज डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उहाँविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गर्नुभयो । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेकोसमेत मन्त्री जोशीले आरोप लगाउनुभयो ।

नेकपा (संयुक्त) महाभियोगको प्रस्तावको समर्थनमा मतदान गर्नेे मन्त्री जोशीले स्पष्ट पार्नुभयो । महाभियोगबाट हट्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उहाँको सुझाव थियो ।

नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावनाअनुरुप महाभियोगको पक्षमा आउने मन्त्री जोशीले विश्वास व्यक्त गर्नुभयो ।

अर्को प्रशङ्गमा महाभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइ छ । मन्त्री जोशीले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा समेत राख्नुभयो । रासस


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।