back
CTIZAN AD

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान–मन्त्री जोशी

वि.सं.२०७३ कात्तिक १० बुधवार

819 

shares

१० कात्तिक, डडेल्धुरा । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले आज डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उहाँविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गर्नुभयो । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेकोसमेत मन्त्री जोशीले आरोप लगाउनुभयो ।

नेकपा (संयुक्त) महाभियोगको प्रस्तावको समर्थनमा मतदान गर्नेे मन्त्री जोशीले स्पष्ट पार्नुभयो । महाभियोगबाट हट्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उहाँको सुझाव थियो ।

नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावनाअनुरुप महाभियोगको पक्षमा आउने मन्त्री जोशीले विश्वास व्यक्त गर्नुभयो ।

अर्को प्रशङ्गमा महाभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइ छ । मन्त्री जोशीले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा समेत राख्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार १२:५५ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...