back
CTIZAN AD

भूँइचम्पा र पटाकाबाट क्यान्सर हुने, सचेत हुन अपिल

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.1K 

shares

pataka

१० कात्तिक,काठमाडौँ  । दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ ।

यस्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले दिमाग र फोक्सोका लागि हानिकारक भएको भन्दै प्राथमिक स्वास्थ्य विकास केन्द्रले सबैको ध्यानाकर्षण गराएको छ ।

केन्द्रका कार्यकारी निर्देशक शान्ताराम मुल्मीले पटाकाबाट निस्कने रातो ज्वालामा लिथियम र स्ट्रोनटियम हुने भएकाले त्यसले बच्चाको हड्डीको विकासमा असर पार्ने बताउनुभयो ।

उहाँले आज एक विज्ञप्ति जारी गर्दै पटाका र भूइँचम्पामा क्यान्सरको कारकतत्व हुने भएकाले यस्ता वस्तु बनाउन प्रयोग हुने रसायन तत्वबाट निस्कने सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड र कार्बन मनोअक्साइडजस्ता विषालु ग्यासबाट फोक्सोको क्यान्सर र क्रोनिक ब्रोङकाइटिस रोग लागी अकालमै मृत्यु हुने सम्भावना भएकाले मनोरञ्जनका नाममा यस्ता सामग्री प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

केन्द्रले सरकारसँग यस्ता हानिकारक वस्तुको आयात, व्यापार र प्रयोग नगर्न, नगराउन सशक्त अनुगमन गर्न पनि आग्रह गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार १३:१२ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...