Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

भूँइचम्पा र पटाकाबाट क्यान्सर हुने, सचेत हुन अपिल



pataka

१० कात्तिक,काठमाडौँ  । दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ ।

यस्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले दिमाग र फोक्सोका लागि हानिकारक भएको भन्दै प्राथमिक स्वास्थ्य विकास केन्द्रले सबैको ध्यानाकर्षण गराएको छ ।

केन्द्रका कार्यकारी निर्देशक शान्ताराम मुल्मीले पटाकाबाट निस्कने रातो ज्वालामा लिथियम र स्ट्रोनटियम हुने भएकाले त्यसले बच्चाको हड्डीको विकासमा असर पार्ने बताउनुभयो ।

उहाँले आज एक विज्ञप्ति जारी गर्दै पटाका र भूइँचम्पामा क्यान्सरको कारकतत्व हुने भएकाले यस्ता वस्तु बनाउन प्रयोग हुने रसायन तत्वबाट निस्कने सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड र कार्बन मनोअक्साइडजस्ता विषालु ग्यासबाट फोक्सोको क्यान्सर र क्रोनिक ब्रोङकाइटिस रोग लागी अकालमै मृत्यु हुने सम्भावना भएकाले मनोरञ्जनका नाममा यस्ता सामग्री प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

केन्द्रले सरकारसँग यस्ता हानिकारक वस्तुको आयात, व्यापार र प्रयोग नगर्न, नगराउन सशक्त अनुगमन गर्न पनि आग्रह गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको