back
CTIZAN AD

कतै सर्पोट कतै विरोध, प्रा डा केसी विरुद्ध इलाममा जुलुस

वि.सं.२०७५ माघ १ मंगलवार

705 

shares

१ माघ, इलाम । यहाँ छ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले सोमबार जुलुस निकालेका छन् ।

सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनशनरत् डा केसीको मागको विरोध गरेका थिए ।

उनीहरूले अर्का अनशनरत् विद्यार्थी तथा सामाजिक अभियान्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए ।

इलाम चोक बजारस्थित थापाको अनशनस्थलबाट शुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो । सभामा सम्बोद्धन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए ।

उनले डा केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहठ’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरेका थिए । यस्तै सभामा सम्बोद्धन गर्दै अर्का विद्यार्थी ईश्वरी तामाङले सबै जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताएका थिए । उनले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको जानकारी दिए ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:५५ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...