back
CTIZAN AD

इरानको कार्गो विमान दुर्घटना  : १५ को मृत्यु

वि.सं.२०७५ माघ १ मंगलवार

687 

shares

१ माघ, तेहरान । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत् १५ जनाले ज्यान गुमाएको इरानी स्टुडेण्ट न्यूज एजेन्सी (आईएसएनए) ले जनाएको छ ।

कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावन मार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रको एउटा भवनमा जोतिन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ ।

काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने उक्त विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेण्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आईएसएनएले जनाएको छ ।

इरानी सेनाकानुसार विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनीयरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । उपचारका लागि उनलाई अस्पताल पु¥याइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिस्केकबाट मासु बोकेर उडेको थियो ।

दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालकबारे चाहिँ थाहा हुन सकेको छैन । इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् । तर किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एयरबाट सञ्चालनमा रहेको बताएको छ ।

वि.सं.२०७५ माघ १ मंगलवार १०:३७ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...