back
CTIZAN AD

आन्दोलनले सरकार नहट्ने सुडानी राष्ट्रपतिको दाबी

वि.सं.२०७५ माघ १ मंगलवार

867 

shares

१ माघ, खार्तुम ।  सुडानका कठोर राष्ट्रपति ओमर अल बसिरले अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।

डार्फरमा भएको एउटा ¥यालीलाई सम्बोधन गर्दै सोमबार उहाँले आन्दोलनकारीहरूले सरकार परिवर्तन गराउन नसक्ने दाबी गरेका हुन् ।

प्रदर्शनकारीहरूले सरकार परिवर्तन गराउन सक्दैनन, आफ्ना समर्थकहरूका बीच उहाँले भने ।

दक्षिण डार्फर राज्यको राजधानी नियालामा उहाँका समर्थकहरूले ठूलो ¥याली निकालेका थिए । एक दिन अगाडि त्यहाँ सरकारविरोधी आन्दोलनलाई प्रहरीले निस्तेज पारेको थियो ।

“शक्तिमा पु¥याउन मतपेटिका मात्रै एउटा उपाय हो, कसलाई पठाउने भन्ने बारेमा आउँदो सन् २०२० मा हुने निर्वाचनमा सुडानी जनताले निर्णय गर्नेछन्” उहाँले भन्नुभयो ।

उनी अर्को वर्ष हुने निर्वाचनमा फेरी उम्मेदवारी दिएर तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने तयारीमा छन् ।

उनका विरुद्धमा सुडानमा गत डिसेम्बरदेखि आन्दोलन भइरहेको छ । सरकारले पाउरोटीको मूल्य बढाएकाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन भइरहेको छ । मूल्यवृद्धिका विरुद्धमा शुरु भएको आन्दोलन राष्ट्रपति बसिरको राजीनामा माग्नेसम्म पुगेको छ ।

प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग गरिरहेका छन् । विद्यालयहरू बन्द छन् भने पत्रिकाहरूलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ ।

आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा २४ जनाको मृत्यु भएको छ भने हजाराँै घाइते भएका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यवृद्धि गरी एक सुडानी पाउण्डबाट तीन पाउण्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ ।

अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रूपमा लिइएको छ ।

सन् २०११ मा दक्षिण सुडान स्वतन्त्र भएपछि ठूलो मात्रामा तेल राजश्व गुमाउनु परेको र त्यसको परिणामस्वरूप इन्धनमा दिइँदै आएको सहुलियत कटौती गर्न राष्ट्रपति बाध्य भएको बताइएको छ ।

सन् २०१२ मा पनि केही इन्धन सहुलियत कटौती हुँदा केही हप्तासम्म विरोध प्रदर्शन भएका थिए ।

वि.सं.२०७५ माघ १ मंगलवार १०:४३ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...