back

डिजिटल कर ‘सम्झौता’ कठिन : इयू वित्त प्रमुख

वि.सं.२०७५ माघ १ मंगलवार

237 

shares
NTC AD
Global IME AD

१ माघ, पेरिस ।  यूरोपेली यूनियन (इयू) समूहले मार्चका लागि आफैद्वारा तय गरेको समयसिमाभित्र उच्च प्रविधिका कम्पनीहरूमा सर्वसम्मतरूपमा डिजिटल करको व्यवस्था गर्न कठिन हुने इयू वित्तमामिला प्रमुख पिएरे मस्कोभिसीले सोमबार बताएका छन् ।

पेरिसमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, “इयूका सहयात्रीसँग राष्ट्रिय सरकारले करका बिषयमा निर्णय गर्ने गरी आफूले प्रस्ताब राख्ने र जसले सवैभन्दा कम महत्वाकांक्षी प्रस्ताव ल्याउन समूहमा आवद्ध सरकारहरूलाई शक्ति दिनेछ ।”

“भिटोको व्यवस्था विश्वव्यापी चूनौतिको सामना गर्नका लागि एक अवरोध भएको छ,” उनले भने ।

उनको प्रस्तावमा आयरल्याण्ड, डेनमार्क र स्वीडेनले विरोध जनाएका छन् । उनीहरूले इयूद्वारा विश्वव्यापी रूपमा प्रबिधिको उच्च स्थान ओगट्न सफल फेसबुक र गुगलजस्ता कम्पनीले ती देशमा सेवा प्रबाह गर्न पाएबापत उनीहरूले कर तिनुपर्ने जिकिर गर्दै आएका छन् ।

तर फ्रान्स र जर्मनीले भने उनी मस्कोभिसीको प्रस्तावको समर्थन गरेका छन् । तर इयूको नियम अनुसार यसले कानूनी रूप पाउन सबैको सहमति आवश्यक रहन्छ ।

मस्कोभिसीले भने, “यसबाट प्रस्ट हुन्छ कि गत महिना फ्रान्स–जर्मनको पहलमा भएको डिजिटल करसम्बन्धी सम्झौताले तत्काल वा पछिपनि सर्वसम्मत समर्थन पाउने सम्भावना देखिएको छैन । त्यसैले हामीले यो कुरा मान्ने पर्छ कि संयुक्त समाधान सम्भव छैन वा मार्चसम्म यस बिषयमा कुनै निष्कर्ष निकाल्न कठिनाइ हुनेछ ।”

पेरिसले भने उक्त उपाय इयू संसदको आगामी मे मा हुने निर्वाचनमा नेतृत्वको प्रतिस्पर्धामा रहेका इयू नेताहरूले भोट लिनका लागि उक्त बिषयमा विमति राखेका हुनसक्ने पेरिसको तर्क रहेको छ । यसमा ब्रसेल्सको नेतृत्वका लागि होडमा नरहेका व्यक्तिहरूले पहल गर्नुपर्ने पेरिसको भनाइ छ ।

तर अमेरिकी प्राबिधिक कम्पनीहरूको केन्द्र रहेको आयरल्याण्डले साना समूह खासगरी नोर्डिक मुलुकहरूलाई हात लिएर डिजिटल करले यूरोपेली अन्य कम्पनीलाई समेत प्रभावित गर्ने र यसबाट वासिङ्टनलाई चिढाउने जनाउँदै आएको छ ।

फ्रान्स, बेलायत र इटालीलगायतका इयू सदस्य राष्ट्रहरूले डिजिटल करबारे आफ्नै किसिमले काम गरिरहेका छन् । उनीहरूले डिजिटल करका लागि आ–आफ्नै योजना अघि बढाएका छन् । इयूले यस क्षेत्रमा उसको संयुक्त रणनीतिलाई अगाडि बढाउनुपर्नेमा फरक फरक नीति आउने अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।

वि.सं.२०७५ माघ १ मंगलवार १०:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...