back
CTIZAN AD

तीन सडकलाई तीन करोड

वि.सं.२०७५ माघ २ बुधवार

663 

shares

२ माघ, गलकोट । बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पु¥याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हँुदै म्याग्दीको दरवाङ जोड्ने सडक विस्तार र स्तरोन्नति गर्न रु एक करोड बजेट विनियोजन भएको छ । गलकोट हरिचौर ताराखोला हुँदै म्याग्दीको ताकम जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन भएको सांसद देवेन्द्र पौडेलले बताए ।

जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने मालढुङ्गा, पाग्जा पैयूँपाटा हँुदै लहरेबर अमलाचौर कुश्मिशेरा जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले बजेट ल्याउने बेला एकमुष्ट बजेट राखेर सांसदमार्फत आएका योजनाका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

तीनवटै सडकको स्तरोन्नति गर्न विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको सांसद पौडेलले जानकारी दिए । “सरकारले विनियोजन गरेको बजेटका विषयमा सम्बन्धित क्षेत्रका मानिसले चासो राखेर काम गर्नुपर्दछ” पौडेलले भने, “स्थानीय सरकारसँग समन्वय गरेर बजेटको सही कार्यान्वयन हुन्छ ।”

एउटा क्षेत्रका दुईवटा बाटोमा रकम विनियोजन हँुदै आएपनि जनताको माग अनुसार तीनवटा बाटोमा रकम छुट्ट्याइएको सांसद पौडेलले बताए । तीनवटै सडक सर्वसाधरणको प्रत्यक्ष जनजीवीकासँग जोडिएका सडक भएकाले आगामी वर्ष बजेटलाई निरन्तरता दिएर काम गर्ने पौडेलले बताए ।

वि.सं.२०७५ माघ २ बुधवार १३:०७ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...