back
CTIZAN AD

५ लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

वि.सं.२०७५ माघ ३ बिहीवार

675 

shares

३ माघ, काठमाडौ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४० सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन् ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकासँग बयान लिने काम भइरहेको जनाइएको छ ।

वि.सं.२०७५ माघ ३ बिहीवार १०:४७ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...