back

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

वि.सं.२०७५ माघ ३ बिहीवार

438 

shares
GLOBAL IME AD
NTC AD

३ माघ, काठमाडौ ।  थाइल्याण्डमा जारी महिला टी -२० स्म्यास-२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ ।

बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएई र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको हो । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टी–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेको थियो ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर उपकप्तान, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स युएई, मलेसिया र थाइल्याण्ड ‘ए’ तथा समूह ‘बी’मा हङकङ, थाइल्याण्ड, इण्डोनेशिया, भूटान र म्यान्मा छन् । भोलि नै हुने अर्को सेमिफाइन खेलमा समूह ‘ए’ को उपविजेता युएई र समूह ‘बी’ को विजेता थाइल्याण्ड आमने सामने हुनेछन् ।

वि.सं.२०७५ माघ ३ बिहीवार १३:४६ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...