back
CTIZAN AD

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

वि.सं.२०७५ माघ ३ बिहीवार

729 

shares

३ माघ, काठमाडौ ।  थाइल्याण्डमा जारी महिला टी -२० स्म्यास-२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ ।

बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएई र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको हो । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टी–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेको थियो ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर उपकप्तान, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स युएई, मलेसिया र थाइल्याण्ड ‘ए’ तथा समूह ‘बी’मा हङकङ, थाइल्याण्ड, इण्डोनेशिया, भूटान र म्यान्मा छन् । भोलि नै हुने अर्को सेमिफाइन खेलमा समूह ‘ए’ को उपविजेता युएई र समूह ‘बी’ को विजेता थाइल्याण्ड आमने सामने हुनेछन् ।

वि.सं.२०७५ माघ ३ बिहीवार १३:४६ मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...