back
CTIZAN AD

पत्याउनु हुन्छ विश्वका पाँच अर्ब मानिस विद्युत् ऊर्जाबाट वञ्चित छन्

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1.1K 

shares

electrecti-prob

 काठमाडौँ । परम्परागत ऊर्जा स्रोतमा निर्भर नेपाली जनता मात्र होइन विश्वका ठूलो जनसङ्ख्या पनि ऊर्जाको सङ्कट व्यहोर्न बाध्य छन् ।

नेपाल ग्रामीण पुनःनिर्माण संस्थाको तत्वावधानमा बुधबार आयोजित ऊर्जा तथा जलवायु न्यायसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा विज्ञले विश्वका पाँच अर्ब मानिस अझै विद्युत्जस्ता ऊर्जाको पहुँचबाट वञ्चित छन् ।

सन् २००९ मा नौ हजार ५३२ मिलियन टन ऊर्जा खपत भएकामा सन् २०११ मासम्म आउँदा यसको खपत विश्वभर १४ हजार ९२ मिलियन टन भएको थियो भने सन् २०२० भित्रमा यस ऊर्जाको खपत १७ हजार २०८ मिलियन टन हुने अनुमान गरिएको छ ।

ऊर्जाको प्यास मेटाउन विश्वका ठूला शक्ति राष्ट्रमा आणविक ऊर्जाको विकाससँगै उच्च सुरक्षाकाबीचमा पनि विश्वका १४ मुलुकमा ठूलठूला दुर्घटना भएका छन् ।

सन् १९५७ मा सोभियत सङ्घको किश्तिन, सन् १९५७ मा बेलायतको बिन्दसकेल फायर, सन् १९८९ मा अमेरिकाको माइल आइल्यान्ड, सन् १९८० मा फ्रान्सको सेन्टलौरेन्ट, सन् १९९७ मा जापानको ताकाइमुराजस्ता स्थानमा ठूल्ठूला दुर्घटना भएको थियो ।

त्यस्तै सन् १८८९ मा अमेरिकाको साउथ फर्क बाँध दुर्घटना हुँदा दुई हजार २०९ जनाको मृत्यु भएको थियो भने सन् १९४३ मा जर्मनीको मोहने बाँध दुर्घटनामा एक हजार ५७९, सन् १९६१ मा युक्रेनको कुर्नेविकामा एक हजार ५००, सन् १९६३ मा इटालीको व्यायाते बाँध फुट्दा दुई हजार मानिसको मृत्यु भएको थियो । त्यस्तै इन्डोनेसियाका दुई हजार, भारतमा पाँच हजार तथा चीनमा एक लाख ७१ हजारको ज्यान गएको थियो ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका वरिष्ठ इन्जिनियर कल्पमोहन सोतीले नेपालको आर्थिक विकासका लागि ऊर्जाको विकास हुनुपर्ने र वातावरणीय प्रदूषण तथा कार्बन उत्सर्जन गर्ने खालको ऊर्जाको प्रयोगमा कमी ल्याउनुपर्ने भएकाले हामीसँग भएको ऊर्जाको स्रोतलाई बढीभन्दा बढी उपयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले हरित ग्यास उत्सर्जनका कारण हिमाल पग्लेको तथा समुद्री सतह उठ्नेजस्ता जलवायु परिवर्तनको समस्या देखिएको बताउँदै जनताको गाँस, बास तथा कपासको समुचित व्यवस्थाका लागि स्वच्छ ऊर्जाको विकास नेपालका लागि उपयोगी हुने विचार प्रकट गर्नुभयो ।

वैकल्पिक ऊर्जा केन्द्रका कार्यकारी निर्देशक नेत्र तिमिल्सिना, गरिबी निवारणका लागि दक्षिण एसिया मञ्चका क्षेत्रीय संयोजक रामप्रसाद धिताल, ऊर्जामाथि जनअधिकार अभियानका अध्यक्ष डा सर्वराज खड्का तथा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाका कार्यकारी निर्देशक ज्ञानबहादुर अधिकारीलगायत वक्ताले ऊर्जाको महत्व, सङ्कट तथा नेपालले अपनाउनुपर्ने कदमका विषयमा चर्चा गर्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०३:३० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...