back
CTIZAN AD

चितुवाको छालासहित युवक पक्राउ

वि.सं.२०७५ माघ ७ सोमवार

720 

shares

७ माघ, सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र सो अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्गअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ ऐरी चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ पर्ने युवक रास्कोट नगरपालिका–४ कालीकोटका २९ वर्षीय टङ्कप्रसाद उपाध्याय हुन् । विशेष सूचनाका आधारमा युवकले बोकेको झोला जाँच गर्दा झोलामा चितुवाको छाला र ध्वाँसे चितुवाको छाला दुई थान भेटिएको बताइएको छ ।

वि.सं.२०७५ माघ ७ सोमवार ०९:४६ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...