back
CTIZAN AD

खानेपानी मन्त्रालयको आपत्ति

वि.सं.२०७५ माघ ८ मंगलवार

849 

shares

८ माघ, काठमाडौँ। खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ । मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठका अनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको छ ।

सहसचिव पाण्डेलाई नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको भएपनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले फिर्ता आएको भन्दै मन्त्रालयले उनको दरबन्दी मन्त्रालयमा नभएकाले जिम्मेवारी नदिइएको स्पष्ट पारेको छ ।

मन्त्रालयअन्तर्गतका अन्य निकायमा जिम्मेवारी तोक्दासमेत उनले नमानेको उल्लेख गर्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरे पनि सहसचिव पाण्डेले एक कार्यक्रमका लागि विदेश भ्रमणको स्वीकृति मागेको र स्वीकृति नपाएपछि अनुशासनहीन गतिविधि गरेको मन्त्रालयको भनाइ छ ।

सहसचिव पाण्डेले भने सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्रालयले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

वि.सं.२०७५ माघ ८ मंगलवार २२:०३ मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...