back

खानेपानी मन्त्रालयको आपत्ति

वि.सं.२०७५ माघ ८ मंगलवार

513 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, काठमाडौँ। खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ । मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठका अनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको छ ।

सहसचिव पाण्डेलाई नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको भएपनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले फिर्ता आएको भन्दै मन्त्रालयले उनको दरबन्दी मन्त्रालयमा नभएकाले जिम्मेवारी नदिइएको स्पष्ट पारेको छ ।

मन्त्रालयअन्तर्गतका अन्य निकायमा जिम्मेवारी तोक्दासमेत उनले नमानेको उल्लेख गर्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरे पनि सहसचिव पाण्डेले एक कार्यक्रमका लागि विदेश भ्रमणको स्वीकृति मागेको र स्वीकृति नपाएपछि अनुशासनहीन गतिविधि गरेको मन्त्रालयको भनाइ छ ।

सहसचिव पाण्डेले भने सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्रालयले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

वि.सं.२०७५ माघ ८ मंगलवार २२:०३ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...