back
CTIZAN AD

मेसेडोनियाको नाम परिवर्तनका बारेमा ग्रीसमा मतदानको तयारी

वि.सं.२०७५ माघ ११ शुक्रवार

981 

shares

११ माघ, एथेन्स । ग्रीसका सांसदहरुले शुक्रबार मेसेडोनियाको नाम परिवर्तनको विषयमा ऐतिहासिक मतदान गर्दैछन् । सडक र सदन दुबैमा चर्को विरोधका बीच छिमेकी मेसेडोनियाले गरेको आफ्नो मुलुकको नाम परिवर्तनलाई ग्रीसको संसदले अनुमोदन गर्न लागेको हो ।

ग्रीसको संसदले मतदान गरी पारित भएमा ग्रीस र मेसेडोनियाबीच लामो समयदेखि जारी कूटनीतिक विवाद तत्कालका लागि समाधान हुनेछ । दुई मुलुकबीच मेसेडोनियाले सन् १९९१ मा स्वतन्त्रता प्राप्त गरेदेखि नै नामको विषयमा विवाद रहँदै आएको छ ।

खासगरी, ग्रीसको एक राज्य मेसेडोनिया र युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको मेसेडोनियाबीच नाम जुधेका कारण विवाद रहँदै आएको छ ।

“यो सम्झौतासँगै ग्रीसले आफ्नो इतिहास, यसको चिन्ह, यसको परम्परा पुनः प्राप्त हुनेछ,” संसदमा दुई दिनदेखि जारी छलफलका क्रममा प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताए । उनले मतदानसँगै तीस वर्षदेखिको विवाद सुल्झिने विश्वास व्यक्त गरे ।

उनले मेसेडोनिया राज्य अब एउटा असल मित्रराष्ट्र, सहकार्य, शान्ति र सुरक्षाका लागि एउटा समर्थक राष्ट्र हुने बताए ।

मेसेडोनियाको संसदले जनवरी ११ मा मुलुकको नाम परिवर्तन गरी “गणतन्त्र उत्तर मेसेडोनिया” राख्ने प्रस्ताव पारित गरेको थियो । तर, सम्झौता बमोजिम नयाँ परिवर्तित नामलाई ग्रीसको संसदले पनि पारित गर्नुपर्नेछ ।

सन् १९९१ देखि ग्रीसले छिमेकी मुलुक मेसेडोनियाको नामलाई अस्वीकार गरिआएको छ किनभने ग्रीसको उत्तरी प्रान्तको नाम पनि मेसेडोनिया रहेको छ । विगतमा दुबै मेसेडोनिया एकै थिए ।

ग्रीसको संसदले मेसेडोनियाको नाम परिवर्तनलाई अनुमोदन गरेपछि गणतन्त्र उत्तर मेसेडोनियालाई नेटोको सदस्यता प्राप्त गर्न बाटो खुल्नेछ । सम्भवतः अर्को महिना मेसेडोनियाले नेटो सदस्यताका लागि आवेदन दिनेछ जसलाई ग्रीसले पनि समर्थन गर्नेछ ।

नाम परिवर्तनको विपक्षमा ग्रीस र मेसेडोनिया दुबै स्थानमा प्रदर्शन भइरहेका छन् । कतिपय ठाउँमा हिसात्मक झडप समेत भएका छन् ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १९:३७ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...