११ माघ, काठमाडौँ । सिन्धुलीबाट धनुषा आउँदै गरेको जन्ति बोकेको ना प छ १७५२ नम्बरको गाडीमा सवैला ४ बल्टियामा दुर्घटनामा परेको उक्त गाडिमा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको जनाइएको छ । गाडिको माथि बाक्सामा करेन्ट प्रवाह भै दुर्घटना भएको प्रहरीको अनुमान छ ।
करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ भने घाइतेहरुको स्थितिका बारेमा भने पूर्ण जानकारी आइनसकेको धनुषा प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जनकपुर अस्पताल लगिएको बताइएको छ ।