
१२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अबरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्शा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीति मुठभेडतिर अघि बढेको छ ।
प्रतिनिधिशभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरिजा प्रसाद कोइरालाका नाममा दुई अस्पताललाई संघीय सरकार अन्तर्गत नराखेर सदन चल्न नसक्ने बताउँदै रोष्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखि विधेयक पारित गरिएको हो ।
यसबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षको दूरी बढेको आजको नागरिक दैनिकमा समाचार छ ।
वि.सं.२०७५ माघ १२ शनिवार ०८:०८ मा प्रकाशित