back
CTIZAN AD

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

वि.सं.२०७५ माघ १५ मंगलवार

726 

shares

१५ माघ, काठमाडौँ । अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज÷काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।

प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको छ ।

कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो । दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ ।

यसअघि प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ । अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करीब रु दुई करोड २३ लाखको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी गत आइतबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेको जानकारी दिए ।

उनले भने, “अब जुम्ला अस्पतालले अक्सिजनको अभावमा सुर्खेत, नेपालगञ्ज÷काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” तीनसय श्ययाको प्रतिष्ठानअन्तर्गतको जुम्ला अस्पताललाई आवश्यक पर्ने र माग भइ आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ । अहिले अस्पतालमा दैनिक १०÷१२ सिलिण्डर अक्सिजन खपत हुन्छ ।

एक सिलिण्डरमा १२० लिटर अक्सिजन हुन्छ । “हाम्रो प्लान्टको उत्पादन क्षमता ८० सिलिण्डरसम्म छ ।” प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले भने । विशेषगरी चिसोको समयमा अक्सिजनको अत्यधिक खपत अस्पतालमा हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनका अनुसार सबैभन्दा फोक्सो, छाती तथा दमका रोगी कर्णाली प्रदेशमा थुप्रै छन् ।

नेपालगञ्जबाट अक्सिजन ढुवानी गर्दा यसअघि प्रतिष्ठानले धेरै दुःख र सास्ती ब्योहोर्नुपरेको थियो । अस्पतालमा अक्सिजनको अभावमा शल्यक्रियासमेत रोक्नुपथ्र्योे । अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता पनि थियो ।

प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै श्ययासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । कर्णाली प्रदेशमा सम्भवत यस किसिमको प्रबन्ध पहिलोपटक गरिएको हो । प्रतिष्ठान चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तथा एमजिडिपी तहका कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । जुम्ला अस्पताललाई कर्णाली प्रदेशकै केन्द्रीय विशेषज्ञ अस्पतालमा रुपान्तरणसमेत गरिँदैछ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्ले चिकित्सा शिक्षा र सेवाका लागि भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति तीनै क्षेत्रमा प्रतिष्ठान बनाउनेतर्फ बढिरहेको बताउछन् । “अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका रोगी धेरै सेवा लिन आउने गर्दछन् । आफ्नै प्लान्टबाट अक्सिजन उत्पादनले ती बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्छ ।” उनले भने ।

वि.सं.२०७५ माघ १५ मंगलवार १६:०४ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...