back
CTIZAN AD

फाँसी

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

1.9K 

shares

laxman-adhikari

झिकेर तरबार गिंडन तिमीलाई
बढ्दा अघि मुस्काऊ नडराई
फाँसी हो उपहार श्रमिकलाई
नडराऊ प्रिय सम्झ इसलाई ।

आएर काल लान्छ तिमीलाई
विधवा, टुहुरा बनायीे हामीलाई
सम्झेर बस्छौँ आखिरी सम्म
नरोऊ प्रिय सास रहेसम्म ।

एकपल्ट हेर्ने रहर थ्यो तिमीलाई
परदेशमै शरीर जाने भो विलाई
खै बाबा भन्दै रोइदेला छोरो
त्यही वेला मुटु फुट्ने छ मेरो ।

ऋण त्यो धेरै नसकि तिर्न
गएथ्यौ परदेश यो दुख हर्न
प¥यो तिमीलाई कुन परिवन्द
बर्ष दिन देखि छौ नजरबन्द

फर्खन्छौ भन्ने आशामै थिएँ
यही खुसी मैले छोरालाई दिएँ
आखिर हुने भो तिमीलाई फाँसी
ढोग मेरो अन्तिम सिन्दुर राखी ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १०:५० मा प्रकाशित

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...

कविता : आलिङ्गनको आलोक

कविता : आलिङ्गनको आलोक

शशीश्री आचार्य बौद्ध, कुमारीगाल -काठमाडौं साँझको सुनौलो आवरण ओढेर जब...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु, तनहुँ हाल चन्द्रागिरी , मातातीर्थ १. जनताको...