back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन १६ शनिवार

996 

shares

उत्तम विचार,नुवाकोट

छोडी गइन् ममाथि शङ्का गरेर कोही
आइन् यता नजिकमा डेरा सरेर कोही

यो सृष्टि दैवको हो पाइन्न जान्न भन्नै
फुल्नै छ कोपिलामै जान्छन् झरेर कोही

यो भाग्यको नदीमा नौका हजार हुन्छन्
डुब्छन् एकाध नाउ जान्छन् तरेर कोही

आहार धेर मल हो भन्दै घटाउने छन्
छन् टन्न खान खोज्ने धोक्रो भरेर कोही

मर्ने र जन्मिनेको केही हुँदैन टुङ्गो
भरखर दुरुस्त मान्छे जान्छन् मरेर कोही

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊलु , फाइलातुन् , मफ्ऊलु , फाइलातुन्
वजन- २२१ – २१२२ – २२१ – २१२२
काफिया : अरेर
रदिफ : कोही
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ फागुन १६ शनिवार ०६:०० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...