back
CTIZAN AD

कविता : अन्तिम पाना

वि.सं.२०८२ फागुन १६ शनिवार

951 

shares

भुवन शिवाकोटी चौघरे,काठमाडौँ

लेख्दा लेख्दै
मन छोयौ
मनभित्र झन भित्र चसक्क घोच्यौ
दिल दुखायौ र रोएँ

हुन त पुरूष मन हो रुनु हुन्थ्यो
दुख्न निको भएन
निकै बेर रोएँ
के रहेछ र विरह भन्दा ठूलो मायामा

रुँदा रुँदैको आँसु
मेरै हस्ताक्षरको मसिमा झरेपछि
सफा पानाका तिनै अक्षरहरू फुलेका छन्
जहाँ तिमी घोचिरहेकी थियौ

हेरिरहेको छु
हेर्दा हेर्दै
नुनिलो पानीजस्तै आँसु हस्ताक्षरमा मात्रै होइन
ओठ हुँदै कहिले गहमै सुक्छ
कहिले
गहको डिलबाट गाला हुँदै भुईँमा झर्छ
र सुक्छ

एकोहोरो सम्झिदैछु
सम्झिरहेको छु
बगिरहे आँसु माझबाट हेरिरहेको छु
भिजेको ऐनाको टुप्पोबाट पानीको थोपा लडे जस्तो
झरिरहे आँसु

झर्दा झर्दैको आँसु
औंलाको टुप्पोमा उठाएँ
हेरें
मोतीका दानाभित्र पनि सुन्दर तिनै अक्षर थिए
जुन अक्षरका शब्दमा
तिमी
केबल तिमी बाँचेकी थियौ

लेख्दा लेख्दै सम्झदै छु
अपेक्षित अनपेक्षित दृश्यमा यो आँसु किन बग्छ
नयनका दृश्य किन आँसुसँगै मधुरो हुन्छ
छाती किन चिरिन्छ र दुखाउछौ मन

हुन त
अनगीन्ति छन्
जीवनका लिखित पानाहरू
अनगीन्ति लेखिएका छन् कथाहरू
परन्तु
लेख्दा लेख्दै जब लेखें
जीवनको अन्तिम पन्ना हौ तिमी मेरो
कसरी लेखें र हेरें अनुत्तरित छु
आँखा थामिएनन्

बुझेको छु किस्ता किस्तामा जिन्दगी
बुझेको छु जिन्दगीको अन्तिम यात्रा
उस्तै गरी बुझेको छु
कथाको अन्तिम पाना
सबै भन्दा कमजोर पाना
पहिले च्यातिन्छ
पहिले केरिन्छ
पहिले मैलिन्छ

आँखा थाक्दैनन् दृश्य हेरेर
हेरिरहेको छु
जीवनको अन्तिम पन्ना हौ तिमी मेरो
र त लेख्दा लेख्दै तिम्रो नाम
मनमा एउटै सवाल छ
जो सबैभन्दा प्रिय छ उहि अन्तिम हुन्छ र ?
अन्तिम पछि त केही बाँकी रहन्न
यहाँ
विगत थाहा हुन्छ
वर्तमान भोगिदैछ
परन्तु
अन्तिम पाना र पाना पछिको भविष्य
अज्ञात छ ।

वि.सं.२०८२ फागुन १६ शनिवार ०६:०० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...